मंगलबार, बैशाख ३०, २०७७ || 686  पटक पढिएको

रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नं १ का एक र वडा नं ४ का तीन जनामा कोरोना पुष्टि भएको समरीमाई स्वास्थ्य शाखा प्रमुख मुन्सीप्रसाद माझीले बताउनुभयो । भैसागाहन क्वारेन्टाइनमा रहेकामध्ये वडा नं १ का ४६ वर्षीय पुरुष भारतको मुम्बईबाट यही वैशाख २५ गते नेपाल फर्किएका थिए । उनी लुकिछिपी सीमा पार गरेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरी क्वारेन्टाइनमा पु¥याएका थिए । यसैगरी सोही क्वारेन्टाइनमा रहेका अन्य तीन जना वैशाख २६ गते मुम्बईबाट आएका हुन् । क्वारेन्टाइनमा रहेका ४५, ३० र २६ वर्ष उमेरका तीनै जना पुरुष वडा नम्बर ४ का हुन् । सोही क्वारेन्टाइनमा रहनुभएकी आफ्नी आमालाई चार दिन पहिले समरीमाई १ का वडाध्यक्ष शिवकुमार यादवले जबर्जस्ती घरमा लैजानुभएकामा स्थानीयवासी, सञ्चारमाध्यम र प्रशासनको दवाबपछि पुनः क्वारेन्टाइन फिर्ता गर्नुभएको थियो । मर्चवारमा यसअघि कोटहीमाईका एक २५ वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएको थियो । उनको बुटवल स्थत कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासमा रहेको क्वारेन्टाइनमा रहेका ४३ मध्ये दुई जनामा कोरोना पोजिटिभ देखिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बताउनुभयो । उहांँले भन्नुभयो,“ पोजिटिभ देखिएका दुई जना चार दिन पहिले भारतबाट आएका हुन् ।” संक्रमित बालिकासँगै बसेका सबैको परीक्षण राजापुर– बर्दियाको राजापुर नगरपालिका ५ मा भेटिएकी पहिलो संक्रमित बालिकासँगै क्वारेन्टाइनमा बसेका सबैको कोरोना परीक्षण गरिने भएको छ । संक्रमित बालिकालाई बाँकेको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेशनमा राख्न पठाउने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताउनुभयो । राजापुर, जयपुरस्थित किसान माविको क्वारेन्टाइनमा संक्रमित बालिकासँगै बसेका ३५ जना सबैको कोरोना परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोेकल पर्सन नरेशबावु श्रेष्ठले जानकारी दिनुभयो । यही वैशाख १६ गतेदेखि क्वारेन्टाइनमा बसेकी बालिका कैलालीको धनगढी उपमहानगरपालिका, मझगाउँस्थित मामाघर र चैत ५ गते भजनीस्थित फुपूको घरमा दुई दिन बसेर पुनः मामाघर हुँदै वैशाख १६ गते राजापुर फर्केकी थिइन् । छिमेकी नगरपालिकामा संक्रमण पुष्टि भएसँगै सम्भावित संक्रमण रोकथाम र नियन्त्रण गर्न आजदेखि गेरुवा गाउँपालिकाले सम्पूर्ण नाका पूर्ण रूपा बन्द गरेको अध्यक्ष जमानसिंह केसीले जानकारी दिनुभयो । संक्रमितलाई बुटवल लगिने जीतपुर– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ ७ बजे कोरोना संक्रमण पुष्टि गरेको कपिलवस्तुका ६ जनालाई अहिले बिहान बुटवल पठाउने तयारी भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले वताउनुभयो । यता कपिलवस्तुको बुद्धभूमिस्थित क्वारेण्टाइनमा बसेका दुई जनामा सोमबार साँझ संक्रमण पुष्टि भएको तर अरुबाट अलग नराखेको भन्दै क्वारेन्टाइनमा बसेकाले असन्तुष्टि ब्यक्त गरेका छन् । सोमबार साँझ संक्रमित पुष्टि भएका ६ जनामा यशोधराका चार जना छन् । उनीहरुमध्ये वडा नं ५ र ७ मा एकएक तथा वडा नं ८ का दुई जना छन् । यस्तै दुई जना बुद्धभूमि, मानपुरका हुन् । उनीहरु सबै भारतको महाराष्ट्रस्थित मुम्बईवाट रेल र ट्रकमार्फत आएका हुन् । यशोधरामा फेला परेका नयाँ चार जना भारतबाट आएपछि घरमा गएर मात्र क्वारेण्टाइनमा बसेको वताइएको छ । यसैबीच कपिलवस्तुबाट शनिबार काठमाडौँ स्वाब परीक्षणका लागि पठाइएका २९०मध्ये २५२ जनाको नतिजा आउँदा १६ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बिहान १० जनाको संक्रमण पुष्टि भएकामा साँझ पुनः ६ जना थपिएपछि १६ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि मायादेवी र शुद्धोधनका पाँच जना संक्रमितसहित कपिलवस्तुमा कुल २१ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयबाट कपिलवस्तु जिल्लामा थप स्वास्थ्य सामग्रीसहित चिकित्सकको टोली आउने भएको छ । पूर्वमन्त्री एवं संघीय सांसद चक्रपाणि खनालको पहलमा जिल्लामा स्वास्थ्य सामग्रीसहितको विज्ञ टोली आउने भएको हो । मन्त्रालयले आवश्यक पर्ने जनशक्तिसँंगै पिसिआर किट, दु्रत परीक्षण किटलगायत स्वास्थ्य सामग्रीसहितको विज्ञ टोलीलाई आजै काठमाडौँबाट कपिलवस्तुका लागि पठाउने तयारी गरेको सांसद खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!