दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकन आइडलको शीर्ष ७ मा उक्लिएका छन् । आइतबार ‘इन्टरनेशनल मदर्स दे’ को अवसरमा दिवेशले आमाको ममता झल्काउने बोन आइभरको निकै चर्चित गीत ‘हे, मा’ गीत गाएका थिए । यसपटकको उनको प्रस्तुतीमा उनीसँगै उनका आमा र बुवा पनि देखिएका छन् । अमेरिकन आइडलको अडिसनदेखि नै आर्थरले निर्णायकहरुको अत्यधिक तारिफ पाउँदै आएका छन् । शीर्ष ७ मा आइपुग्दासम्म उनको तारिफको क्रम जारी छ ।

दिवेशलाई नेपालबाट सजिलै भोट गर्ने तरिका :

निर्णायकमध्येका एक लुक ब्रायनले उनले असाध्यै राम्रो प्रस्तुती दिएको भन्दै प्रतिक्रिया दिएका छन् । यस्तै अर्का निर्णायक लियोनेल रिचीले पनि उनको प्रशंसा गर्दै भने, ‘तिमीले खासमा फोनबुक पनि गाउन सक्छौ । मैले यसो भनेर तिम्रो प्रशंसा गरिरहेको छु । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, तिमीले जे सुकै गाउ, त्यो आर्थर गन नै सुनिन्छ । र सबैले आफ्नो करियरमा खोज्ने भनेकै यहि हो । यो यात्रामा रमाउ मेरो साथी, तिम्रो यो यात्रा उत्कृष्ट हुनेछ ।’ हेर्नुस् उनलाई नेपालबाट सजिलै भोट गर्ने तरिका ।

यस्तै अर्की निर्णायक केटी पेरीले ठट्टा गर्दै भनिन्, ‘आर्थर, मैले आफूसँग सानो तिनकुने टिस्यू तयार पारेर राखेकी छु किनभने आमाको लागि डेडिकेट गरिएको यो कार्यक्रममा म जतिबेला पनि टुट्न सक्छु ।’ उनले आर्थरको तारिफ गर्दै भनिन्, ‘तिमीले कति राम्रोसँग गायौ । तिमी आफू एक व्यावसायिक संगीतकर्मी हौ भनेर प्रमाणित गरिरहेको छौ । वाउ ।’ दिवेशले पनि अमेरिकन आइडलको आफ्नो यात्रालाई ठूलो अवसर बताउँदै यसलाई आफूले बुढ्यौलीसम्म पनि नबिर्सने बताएका छन् ।

यसका साथै उनले ‘डिज्नी नाइट’ का लागि ‘किस द गर्ल’ समेत गाएका छन् । यसमा पनि उनले दर्शक तथा निर्णायक मण्डलको अत्यधिक प्रशंसा पाएका छन् । आर्थरलाई बिजेताको दाबेदारको रुपमा हेरिएको छ । फिनालेमा दिवेसलाई पुर्याउनका लागि भोटिङ लाइन खुल्ला गरिएको छ । दिवेशलाई भोट गर्नका लागि १६ लेखेर २१५२३ मा मेसेज पठाउन सकिनेछ अथवा अमेरिकन आइडलको अफिसियल साइटमा गएर भोट गर्न सकिनेछ अथवा अमेरिकन आइडलको एपमार्फत् भोट गर्न सकिनेछ ।

अमेरिकन आईडलमा नेपाली मुलबाट सहभागी हुने उनी पहिलो नेपाली हुन् । पहिलो पटक नेपालीमुलका उनि अमेरिकन आईडलमा सहभागी भएर ईतिहास रच्न पुगेका दिवेशलाई नेपालबाट भने भोट गर्न नमिलेर उनका फ्यान तथा सुभचिन्तकहरु अलमल्ल परिरहेका छन् । तर अर्को बाटो प्रयोग गर्दै भने उनलाई नेपालबाटै पनि भोट गर्न सकिने छ । अमेरिकन आईडलको वेबसाईट तथा एपबाट सिधै भोट गर्न खोज्दा नेपाललाई भोटको लागि आधिकारिकता दिइएको छैन ।

नेपालबाट भोटको लागि एन्ड्रोईड फोन प्रयोगकर्ताहरुले आफ्नो मोबाईलमा रहेको प्ले स्टोरमा गएर “Turbo VPN” एप डाउनलोड गर्नुपर्ने हुन्छ । जुन आफ्नो मोबाईलमा इन्स्टल गरेपछी ओपन गरेर “United State” छनौट गर्ने । त्यसपछिको प्रक्रियामा तपाईले अमेरिकन आईडलको आधिकारिक वेबसाईट https://idolvote.abc.com/ मा जानुपर्ने हुन्छ । जहाँ नेपालबाट पनि भोटगर्न मिल्ने भएको देख्न सकिन्छ । र, तपाईले आफ्नो पूरा नाम र ईमेल ठेगाना राखेर एकाउन्ट बनाउनु पर्नेहुन्छ । एकाउन्ट ओपन गर्नेक्रममा तपाईले राखेको ईमेलमा ६ ओटा नम्बर आउने छ ।

सो नम्बर राख्दै तपाईले एकाउन्ट पूरा गर्न सक्नुहुन्छ । त्यसपश्चात् तपाईले दिवेशको फोटोको तल राखिएको प्लस (+) मा क्लिक गरेर एकपटकमा १० भोट सम्म गर्न सक्नुहुनेछ । यस्तै तरिकाले तपाईं ios/apple प्रयोगकर्ताले पनि दिबेशलाई नेपालबाटै भोट गर्न सक्नुहुन्छ । जसको लागि माथी भनिएकै भिपिएन मोबाईलमा ईन्स्टल गरेर सोही प्रक्रिया गर्न सकिने छ । अमेरिकन आइडलको जारी १८ औं शृंखलाको निर्णायकमा ब्रायनसँगै केटी पेरी र लिओनेल रिची छन् ।

२० वर्षीय दिवेश ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । सन् २०१४ मा उच्च शिक्षा अध्ययनका सिलसिलामा अमेरिका गएका दिवेश संगीतमा समर्पित भएर लागेको दुई वर्ष मात्रै भयो । काठमाडौंको एस कलेज इन्स्टिच्यूटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए । जारी अमेरिकन आइडलमा उच्च फ्यान फलोइङ भएका दिवेशलाई उपाधिकै एक दावेदारका रुपमा हेर्न थालिएको छ । अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए । त्यो क्रम अहिलेसम्म जारी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!