सोमबार, बैशाख २९, २०७७ || 607  पटक पढिएको

भारतको वनवासा क्षेत्रबाट सीमा नाकामा लुकिछिपि प्रवेश गरेका ७५ जना नेपालीलाई भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयको क्वारेण्टाइनमा राखिएको छ । गएराती सीमा क्षेत्रमा लुकिछिपि आएका सबैलाई नियन्त्रणमा लिई क्वारेण्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले बताउनु भयो । लुकिछिपि आउनेमा चार महिला समेत रहेका छन । उनीहरु भारतीय क्वारेण्टाइनमा बस्दै आएको व्यक्ति भएको बताइएको छ । हावाहुरीका कारण घरमा क्षति कञ्चनपुरमा हावाहुरीका कारण ७६ वटा घरहरुमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले संकलन गरेको विवरण अनुसार आइतवार साँझ आएको हावाहुरीका कारण स्थानिय बासिन्दाको घरको छाना उडाउनुका साथै घर भत्काएको छ । मानवीय र चौपाया क्षति भने भएको छैन । जिल्ला भरी ५० वटा विद्युतका पोल हावाहुरीका कारण ढलेका छन । विद्युतका पोल ढलेपछि हिजो साँझ देखि कञ्चनपुरको विद्युत सेवा ठप्प रहेको छ । एक वटा एनसेल टावर र एक वटा एफएम रेडियोका टावर हावाहुरीका कारण ढलेका छन । हावाहुरीकै कारण शुक्लाफाँटा नगरपालिकास्थित प्रहरीको विटनजिक रुख ढल्दा विट पुरै क्षतिग्रस्त भएको छ । हावाहुरीमा परेर बेदकोट नगरपालिका नयाँगाउका एक जना बालिका घाइते भएको र बालिकाको महाकाली अस्पतालमा उपचार भैरहेको छ । विद्युतका ढलेका पोल मर्मत गर्ने कार्य शुरु गरिएकाले आज साँझ सम्म बजार क्षेत्रमा अबरुद्ध विद्युत सेवा सुचारु गरिने नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण शाखाले जनाएको छ । —

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!