सोमबार, बैशाख २९, २०७७ || 586  पटक पढिएको

जर्मनीमा लकडाउन खुकुलो गरिएको मात्रै एकदिन पछि संक्रमितको संख्या बढेको आधिकारिक आँकडाले देखाएको छ । रोबर्ट कोच इन्स्टिच्युटका अनुसार लकडाउन खुकुलो पारेपछि संक्रमणको पुनः उत्पादनको दर बढिरहेको छ । यसको अर्थ यो भयो कि एक संक्रमित व्यक्तिले कतिजनालाई संक्रमित गर्न सक्छ, त्यो दर बढेको छ । हालको समयमा यो दर एकभन्दा बढी छ । यसको सीधा अर्थ यो हो कि देशमा संक्रमितको संख्या अब बढिरहेको छ । शनिबार हज्जारौं संख्यामा मानिस जम्मा भएका थिए । उनीहरुले लकडाउनलाई पूर्ण रुपमा समाप्त गर्न माग गरिरहेका थिए । यसअघि जर्मन चान्सलर एंगेला मर्केलले बुधबार १६ राज्यका नेतासँग कुराकानीपश्चात् देशव्यापी लकडाउनमा व्यापक छुटको घोषणा गरेकी थिइन् । संक्रमितको संख्या हेर्ने हो भने जर्मनी संसारको सातौं सबैभन्दा प्रभावित देश हो । जर्मनीमा कूल एक लाख ७१ हजार भन्दा बढी व्यक्ति संक्रमित छन् । जबकी मृत्यु हुनेको संख्या सात हजार बढी छ । स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!