सोमबार, बैशाख २९, २०७७ || 803  पटक पढिएको

जाम्बियाका स्वास्थ्यमन्त्रीले कोरोनाभाइरसको समयमा भाइरस ट्रेसिङमा मद्दत गर्नका लागि जाम्बियाका यौनकर्मीको तारिफ गरेका छन् । सीमासँग जोडिएको इलाका नाकोन्डेमा भाइरस ट्रेसिङको काममा मद्दत गरेकोमा मन्त्रीले यी यौनकर्मीको प्रशंसा गरेका छन् । हालै उत्तरी इलाकामा थुप्रै दर्जन संक्रमित भेटिएका छन् । जसमध्ये धेरैजसो यौनकर्मी र लरी ड्राइभरसँग सम्बन्धित थिए । देशका स्वास्थ्यमन्त्रीले यी यौनकर्मीको समूहको प्रशंसा गर्दै यो समूदायले भाइरस ट्रेस गर्न अधिकारीलाई मद्दत गरिरहेका छन् । जाम्बियाका स्वास्थ्यमन्त्रीले उत्तरी प्रान्तमा भेटिएका ८५ मध्ये ७६ संक्रमित कि त यौनकर्मी कि लरी ड्राइभर भएको बताएका छन् । स्वास्थ्यमन्त्री शितालु शिलुफ्याले यौनकर्मीले निकै सहयोग गरिरहेको बताए । उनले भने, ‘उनीहरुले हामीलाई ती हरेक जानकारी दिइरहेका छन् जुन हामीलाई आवश्यक छ ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!