लकडाउनमा दर्शक श्रोतालाई मनोरन्जन प्रदान गर्ने हेतुले तयार पारिएको नयाँ र्‍याप गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । दिपक आरजेको शब्द तथा संगीत र हरिश सिन्हाको स्वर रहेको गीतलाई रयाड्स स्टुडियोको युट्युव च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो ।

कोरोना महामारीका बेला पनि समाजमा भइरहेको विसंगति, बिकृति, भ्रस्टाचार र अन्धविश्वासलाई गीतको माध्यमबाट झटारो हान्ने प्रयास गरिएको संगीतकार दिपक आरजेले बताए । उनले लकडाउनमा दर्शक श्रोतालाई मनोरन्जन प्रदान गर्ने हेतुले तयार पारिएको गीतको म्युजिक भिडियो अष्ट्रेलियाको सिड्नीमा छायांकन गरिएको जानकारी दिए ।

उनका अनुसार यो गीत कुनै व्यवसायिक प्रयोजनका लागि नभई धर्मको नाममा, राजनीतिको नाममा र पैशाको नाममा समाजलाई बजार बनाउनेहरुको, र जनताको स्वास्थ्य, समस्या र भोकसँग खेलवाड गर्नेहरुकाविरुद्ध तयार पारिएको हो । गीतमा सामाजिक सञ्जालमा भाइरल बनेका केही शब्दहरुलाई पनि समेटिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!