यहि बैशाख २६ बाट २३ वर्षमा लागेकी चर्चित नायिका झरना थापाकी छोरी सुहाना थापाले हिन्दुहरूको पुज्य पशु गाईलाई खाना खुवाएर मनाएकी छन् । आमा झरना थापाले निमार्ण गरेको चलचित्र चलचित्र ‘ए मेरो हजुर’ ३ बाट नेपाली सिने नगरिमा डेब्यु गरेकी उनलाई सोही फिल्म लक्की साबित भयो । उनको त्यो अभिनयलाई दर्शकले अत्याधिक मन पराएका थिए ।
ए मेरो हजुर’ ३ बाट नै फिल्मी क्षेत्रमा पाइला राखेकी सुहाना थापा ए मेरो हजुर ४’ को छायांकनका क्रममा केहि समय पहिला पोखरा गएकी थिइन् । उदाउँदी नायिका सुहाना थापाले काठमाण्डौको बुढनिलकण्ठमा रहेको राधाकृष्ण मन्दिर परिसरमा रहेको इस्कन नेपालमा रहेका ७५ वटा गाईलाई केरा तथा अन्य खानेकुरा खुवाएकी थिईन् । त्यहाँ रहेका ७५ वटै गाईहरु मन्दिरमा पुजा गरिएका हुन् । मन्दिरमा पुजा गरी मन्दिरकै माताहरुले तयार गरिएको केक काटेर सुहानाको जन्मदिन मनाइएको थियो ।