कोरना कहरका कारण विश्वभरीनै व्यापार, व्यवसायदेखि मनोरञ्जन क्षेत्र समेत प्रभावित भएको छ। मनोरंजन उद्योग स्थगित हुँदा संसारभर नै कलाकारहरु सामाजिक सञ्जाल मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन ।लामो लकडाउनको समयलाई सदुपयोग गर्दै प्रतिभाशाली गायक रनमगरले ‘मायालु प्रियशी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।


पप भर्सनको यस गीतमा स्वर रन मगरको रहेको छ भने शब्द प्रजीत रानाको रहेको छ । गीतमा संगीत चर्चित गायक तथा संगीतकार जेम्स प्रधानको रहेको छ ।

द साइलेण्ट मंक ब्याण्ड फिचर्ड म्युजिक भिडियोमा भानु तिवारी , सुनिशा क्षेत्री, लक्ष्मी अधिकारी र नन्दु मिश्रको अभिनय रहेको छ । कर्मा ब्याण्डका गायक सुरेन्द्र मान सिंहले भिडियोलाई छायांकन र सम्पादन गरेका हुन् । नन्दु मिश्रको लगानीमा निर्माण भएको भिडियोलाई प्रजीत रानाको निर्देशनमा तयार पारिएको हो ।

ओएसआर डिजिटलको च्यानल बाट सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । यस भिडियोलाई  माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई सम्पुर्ण म्युजिक भिडियो टिमले  आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!