कोरोनाभाइरसको कहर संसारभरी जारी छ । यसबाट बच्ने उपायको खोजी पूरा संसारभरीका स्वास्थ्य क्षेत्रले अत्यधिक मिहिनेत गरिरहेका छन् । यसैबीच भारतको चेन्नईमा एक डाक्टर कोरोनाभाइरसको उपचारका लागि बनाइएको औषधीको परीक्षण गरिरहेका थिए तर परीक्षणका बेला नै उनको मृत्यु भयो । भारतीय मिडिया आजतकका अनुसार यो घटना चेन्नईको हो । यहाँ पेरुंगुडीमा बस्ने शिवनेसन, एक आयुर्वेदिक उत्पादन कम्पनीका साथै फार्मासिस्ट र प्रोडक्सन म्यानेजरको रुपमा काम गरिरहेका थिए । उक्त कम्पनी खोकीको औषधीका लागि चर्चित थियो । स्रोतका अनुसार कोरोनाभाइरससँग जुध्न शिवनेसन र उनका बोस राजकुमार एउटा औषधीको खोजी गरिरहेका थिए । उनले कोरोनाका लागि जुन औषधी बनाए, त्यसलाई आफूमाथि नै परीक्षण गर्न थाले । राजकुमारले त्यो औषधीको केही थोपा मात्रै पिए भने शिवसेननले धेरै नै पिएका थिए । औषधी सेवन गर्नेबित्तिकै यी दुई बेहोस भए । उनीहरुलाई नजिकैको अस्पताल पुर्याइयो । शिवनेसनको अस्पतालमा मृत्यु भयो जबकी राजकुमारको स्थिती स्थिर बताइएको छ र उनको उपचार चलिरहेको छ । यसबारे पुलिसले अनुसन्धान थालेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!