बुधबार, पौष ०९, २०७६ || 898  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,पौष ९ गते । दर्पन राईको तिम्ले बाटो फेरेउ अरे को अपार सफलता पछि सांगीतिक क्षेत्रका एक हस्ती दर्शकहरुको ढुक ढुकी बन्न सफल भएका गायक राजेश पायल राई को स्वरमा “यो मुटु दुख्छ किन किन” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । सो गीतलाई जादुमय स्वरकी धनि मेलिना राइ ले पनि केहि वर्ष अघि गाइसकेकी छिन भने बाल गायक प्रितम आचार्य ले पनि सो गितमा स्वर भरि सकेका छन् ।

एम.एम.एस.इन्टरटेनमेन्ट बाट सार्बजनिक गरिएको भिडियोमा प्रसान्त क्षेत्री लगायत उनको टिमको अभिनय रहेको छ । दर्शकहरु सामु नया नया गीतको स्वाद चखाइसकेका दर्पण राइ स्वयम् ले नै उक्त गित मा संगीत भरेका छन् । बाल गायक प्रितम आचार्य र मेलिना राइको स्वरमा पनि दर्शकहरुले पहिल्यै सो गित सुनिसकेका छ भने धेरै दर्शकहरुले उक्त गीतलाई अत्याधिक रुचाएका थिए ।

त्यहि गीतलाई दर्जनौ गित गाइसकेका गायक राजेश पायल राइ को स्वर मा पनि सुन्न सकिने भएको छ । दर्पण राइ कै सब्द तथा प्रेम शर्मा पौडेल को सम्पादन रहेको उक्त गीतलाई ए-वान म्युजिसियन स्टुडियोबाट रेकर्डिङ्ग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!