बुधबार, पौष ०९, २०७६ || 975  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,पौष ९ गते ।फिल्मी क्षेत्रको विभिन्न विधाबाट अवार्ड हात पारिसकेका तथा कम समयमै दर्शकको ढुकढुकी बनेका सफल नायक बिपिन कार्की अभिनित चलचित्र “गोपी” युट्युबमा सार्बजनिक भएको केहि दिनमै युटुब च्यानलको ट्रेण्डिङ्ग नम्बर २ मा पुग्न सफल भएको छ । उक्त फिल्म गत बर्षको माघ १८ गते बाट देशभरका विभिन्न हलहरुमा एकै साथ प्रदर्शनमा आएको थियो । भने राम्रै व्यापार गरेको थियो। दीपेन्द्र लामा द्वारा निर्देशन गरिएको सो फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् । फिल्ममा बिपिन कार्की लगायत वर्षा राउत, सुरक्षा पन्त, भोला सापकोटा, अंकीत खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमाली, हिउबला गौतम, सरोज अर्याल, इन्द्रजित चौलागाईं, केशभ राई, कमल मणि नेपाल, अपूर्व गौतम, गणेश मुनाल, रामबाबु रेग्मी आदि कलाकारहरुको अभिनय देख्न सकिन्छ । हेर्नुस पुरा फिल्म

गोपी फिल्मले प्रदर्शन भएको मितिमा औसत सफलता हासिल गरेको थियो भने उक्त फिल्म आफ्नो घर जग्गा धितोमा राखेर साहुको कडा ब्याजमा ऋण काडेर पैसा कमाउन र आफ्नो घर परिवारको पारिवारिक अवस्था सुधार्न का निम्ती बिदेसिनु परेका प्रत्येक नेपालीहरुलाई नेपालमै बसेर जुन सुकै ब्यबसाय गरेर पनि सफल ब्यबासायी बनेर देश तथा बिदेशमा परिचित हुनुका साथै आफ्नो जन्म भूमिमै आफ्ना परिवारलाई सजिलै सुख का साथमा पालना सकिन्छ भन्ने सन्देश बोकेको सन्देशमुलक चलचित्र भएकोले उक्त चलचित्रलाई धेरै दर्शकहरुले मन पराएका छन् साथै धेरैले सो फिल्म प्रत्येक नेपालीले हेर्नु पर्ने भनि सन्देशमुलक प्रतिक्रिया समेत दिएका छन् । जसमा पनि आफ्नै देशमा बसेर विभिन्न ब्यवसाय गरेर मनग्गे पैसा कमाउन सकिन्छ साथै आफ्नै देशको बिकास समेत गर्न सकिन्छ भन्ने संदेश दिइएको छ ।

यस्तै फिल्ममा गाइ पालन गरेर पनि देशमै केहि गर्न सकिन्छ भन्ने कथा बस्तुलाई आधारित रहेर उक्त फिल्म बनाइएको छ । गोबिन्द के।सीले कोरियोग्राफ गरेको सो फिल्मका निर्माता आरोही के।सी। हुन भने सह-निर्माताको रुपमा श्रीधर पौडेल रहेका छन् । छायाकार रबि न्यौपानेको छायांकन रहेको सो फिल्ममा शिभ परियार, सन्तोष लामा, बानीका प्रधान, ध्रुब बिस्को तथा अञ्जिल रेग्मीको स्वर उक्त फिल्मको गितमा सुन्न सकिन्छ । सार्बजनिक भएको केहि समयमै धेरै दर्शकहरुले हेरिसकेका छन् भने धेरैले सकारात्मक प्रतिक्रिया समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!