कोरोनाभाइरस (कोभिड-१९) निको हुन लागेका पुरुषको वीर्यमा भने भाइरस रहिरहनसक्ने नयाँ अध्ययनले देखाएको छ । चिनियाँ अनुसन्धानकर्ताहरुका अनुसार यस अध्ययनले यौन सम्पर्कमार्फत पनि कोरोना सर्नसक्ने सम्भावना औंल्याएको छ । कोरोना महामारी उच्च रहेका बेला अर्थात् जनवरी र फेब्रुअरीमा साङक्यु नगरीय अस्पतालमा उपचार गराएका ३८ पूरुषहरुमा अनुसन्धानकर्ताले अध्ययन गरेका थिए । त्यसमध्ये १६ प्रतिशतको वीर्यमा कोरोनाको जीवाणु देखिएको यस अध्ययन टोलीले जर्नल जामा नेटवर्क ओपनलाई जानकारी गराएको छ । तीमध्ये ९ एकचौथाई गम्भीर अवस्था र झन्डै ९ प्रतिशत निको हुने अवस्थामा थिए । ‘कोभिड–१९ भएका बिरामीको विर्यमा सार्स–कोभ–२ देखिन सक्ने भेटियो र निको हुँदै गरेका बिरामीमा पनि यस्तो देखिनसक्ने पाइयो,’ बेइजिङस्थित चिनियाँ जनमुक्ती सेना जनरल अस्पतालका डियानजेङ लि र उनको टोलीले लेखेको छ ।

यो नौलो खोजि भने होइन । पुरुषको प्रजनन क्षेत्रमा यसअघि अन्य भाइरस पनि भेटिएका थिए । इबोला र जिका भाइरस दुबै विर्यसम्म फैलिएको देखिएको थियो । विर्यबाट कोरोना फैलने विषय भने अझै स्पष्ट छैन । ‘यदि भविष्यमा सार्स–कोभ–२ यौन सम्पर्कमार्फत फैलन्छ भनेर प्रमाणित भयो भनेर रोकथामका हकमा यौन सम्पर्क गम्भीर पक्ष हुनेछ ,’ टोलीले लेखेको छ । यौन सम्पर्क नगर्ने वा कण्डमको प्रयोग गर्ने विषय रोकथामका लागि अबलम्बन गर्न सकिने यो टोलीले जनाएको छ ।

सीएनएन

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!