लकडाउनमा परेर काठमाडौमा फसेको सुनबर्शिको नागरिकहरुलाई गृह नगर ल्याउन सुनबर्शी नगरपालिकाले कुनै कसर बाकि राखेको छैन पहिलो चरणमा सुनबर्शी नगरपालिकाली आफ्नो १०० भन्दाबढी नागरिकहरुलाई ३ वटा गाडी पठाएर गृह नगर सुनबर्शी ल्याएको छ। र सबै नागरिकहरुको स्वास्थ्य अवस्था जाच गरेर होम क्वारेन्टाइनमा बिशेष निगरानीमा राखेको छ।

आफ्नो ९५ जना नागरिकहरु अझै काठमाडौमा फसेको र खान बस्न समस्या भएको थाहा पाएपछी सुनबर्शी नगरपालिकाका प्रमुख कालिप्रसाद दासले आफ्नो नागरिकहरुलाई दोस्रो चरणमा गृह नगर ल्याउन पहल सुरु गरे उनले भने हामिले सबै प्रकृयाहरु पूरा गरेका छौ संघिय सरकारसंग अनुरोध गरेर काठमाडौदेखि सुनबर्शी आउने सबै गाडिको रुठमा हामिले समन्वय गरेका छौ। सल्लाह गरेका छौ तर हामिले दोस्रो चरणमा हाम्रो नागरिकहरुलाई गृह नगर ल्याउदा किन सरकारले रोक लगायौ? हाम्रो स्थानिय सरकारले गरेको निर्णयको कुनै भ्यालु छैन? खोइ र स्थानिय सरकारलाई पावर? जनताको दुख सुखमा सरकार चाहिन्छ खोइ त जनतालाई सरकारको अनुभूति न त हामीलाई काम गर्न दिईयो न त संघिय सरकारले नै गर्यो। केवल हावा गफ दियो।

आफ्नो स्वदेशको नागरिकहरुलाई त सुरक्षित घरसम्म पुर्याएको छैन बिदेशमा रहेको नागरिकहरुलाई स्वदेश फिर्ता गर्ने भन्दै गफ हान्ने संघिय सरकारको कुरा हामिले कसरी पत्याउने भन्दै हिपमत डटकमसंगको कुराकानिमा उहाले बताउनु भयो। यो घटनाले मा धेरै दुखि छु हिपमत डटकमसंगको कुरामा फेरि उहाले गुनासो पोख्नु भयो।

हामिले हाम्रै लगानीमा नागरिकहरुलाई गृह नगर ल्याउदै थियौ हाम्रो २ वटा गाडीलाई सिन्धुली र एउटा गाडी कलंकीबाट पुर्नाह फर्काईयो घर आउँ दिएन ।हाम्रो नागरिकहरुलाई कि र ल्याउन देउ कि त हाम्रो सबै नागरिकहरुको खाना बस्नको जिम्मा लेउ भन्दै फेरि आक्रोसित भए सुनबर्शी नगरपालिकाका प्रमुख कालीप्रसाद दास ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!