अष्ट्रेलियाको सिड्नीमा युवतीमाथि यौनजन्य दुर्व्यवहारको आरोप लागेका नेपालीले मुद्दा खेपिरहेका छन् । उनी शुक्रबार अदालतमा पुनः उपस्थित भएका छन् । गत चैत ५ गते १८ वर्षे एक युवती जागिरका लागि अन्तर्वार्ता दिन अलावाह रेलवे स्टेशनबाट अलावाह तर्फ यात्रा गर्दै थिइन् । एनएस डब्ल्यू डट जिओभी डट एयूका अनुसार त्यति नै बेला उनले ती नेपाली युवकलाई भेटिन् र उनले नजिकैको बसमार्फत् यात्रा गर्न सुझाउँदै गर्दा उनीमाथि यौनजन्य दुर्व्यवहार गरेका थिए । स्रोतका अनुसार उनी केही गरी त्यहाँबाट अलवाह रेलवे स्टेशनतर्फ भाग्न सफल भइन् र पुलिसलाई यसबारे जानकारी दिइन् ।

पुलिस ट्रान्सपोर्ट एण्ड सेफ्टी कमान्डका अधिकारीले तत्काल अनुसन्धान सुरु गरे । त्यसपछि पुलिसले २५ वर्षका ती आरोपीलाई वैशाख १२ गते शुक्रबार स्थानीय समयानुसार साढे २ बजे हर्स्टभिलबाट पक्राउ गर्यो । उनलाई कोगारा पुलिस स्टेशन पुर्याइयो र यौनजन्य क्रियाकलाप गरेको भन्दै मुद्दा दर्ता गरियो । पुलिसका अनुसार ती व्यक्तिले सोसल मिडियामा नक्कली अकाउन्ट बनाएर महिलालाई जागिरको प्रलोभन देखाएर भेट्ने गर्दथे । उनलाई पारामाटा लोकल कोर्टमा वैशाख १३ गते पहिलोपटक उपस्थित गराइएको थियो । उनलाई जमानतमा रिहा हुन अनुमती दिइएको छैन । दोस्रो पटक उनी आज अर्थात् शुक्रबार अदालतमा उपस्थित भएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!