बुधबार, पौष ०९, २०७६ || 1310  पटक पढिएको

हिपमत डटकम
विराटनगर ,पौष ९ गते। विराटनगरमा नौलखा मेडिकल प्रा.ली.-नौलखा डेन्टर केयर अस्पतालको शुभारम्भ भएको छ । अस्पतालको उद्घाटन ८६ बर्षे श्रीमति किरण वाला देवी नौलखाले गर्नु भयो । सो अवसरमा विराटनगरका मेयर भीम पराजुलीको उपस्थिती थियो । तिनपैनी राधा कृष्ण मन्दिर अगाडी सुविधा सम्पन्न भवनको निर्माण गरी अस्पलाको सुरुवात गरिएको हो ।
अस्पताल उद्घाटन समारोहमा बोल्दै मेयर पराजुलीले ‘नौलखा परिवारले संचालनमा ल्याउन लागेको अस्पतालले घेरै भन्दा धेरै विरामीहरुको गुणस्तरिया उपचार गरी सेवा उपलब्ध गराउने विश्वास लिदै अस्पतालको सफलताको शुभकामना व्यक्त गरे ।’
उक्त अवसरमा मेयर पराजुलीले श्रीमति किरण वाला देवी नौलखा लगायतलाई समाजमा पु–याएको योगदान स्वरुप दोसल्ला ओढाई सम्मान गर्नु भयो ।
अस्पताल विराटनगरका प्रसिद्ध समाजसेवी एवं शिक्षासेवी सुरेश कुमार नौलखा परिवारले सुरुवात गरेको होे । उक्त अवसरमा बोल्दै अस्पतालका अध्यक्षले ‘अस्पताल हामीले पैशा कमाउन खोलेको होइन यो त समाजमा केही न केही राम्रो सामाजिक कार्य गरौ भन्ने सोच र भावनाले खोलिएको हो ।’ भन्नुभयो ।
अस्पतालका निर्देशक डा. दिपेन्द्र नौलखाको नौलखा डेन्टर केयर यस अधि आठ बर्ष देखी विराटनगर ७, रंगेली रोडमा संचालित छ । ‘बजारबाट हामी हाम्रोे डेन्टल ल्किनिक सारेर पहिला यहाँ ल्याउछौ र सुरुमा दन्त सेवा सुरु गर्छो त्यसपछि क्रमशः मल्टिस्पेशलिटी हस्पिटलको रुपमा यो हस्पिटलले सेवा विस्तार गर्दै जाने योजना छ ।’ डा. नौलखाले बताए ।
अस्पतालले आगामी श्रीपञ्चमीबाट विरामीहरुलाई सेवा दिन सुरु गर्ने र यो अस्पतालले बिषेश गरी विराटनगरका उत्तरी भेगका विरामीहरुलाई उपचारका लागि सहज हुने विश्वास गरिएको छ ।
नौलखा परिवारका डा. दीपेन्द्र नौलखा, डा. नुतन नौलखाले अस्पतालको व्यवस्थापन संगै दात तथा मुखका विरामीहरुको उपचार गर्नु हुनेछ । अस्पतालमा क्रमशः विभिन्न विभाग खोल्दै जाने र आवश्यकता अनुसार चिकित्सक, नर्स लगायत अन्य मानव स्रोत साधन परिपूर्ति गर्दै जाने योजना रहेको कुरा डा. नुतन नौलखाले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!