शुक्रबार, बैशाख २६, २०७७ || 1024  पटक पढिएको
लकडाउनको समयलाई सदुपयोग गर्दै गायिका अबुन पाण्डेले आफ्नो नयाँ सिर्जना ‘महसुस’ सार्वजनिक गरेकी छिन ।  अनपल्ग्ड भर्सनको ‘महसुस’मा गायिका पाण्डेको मनछुने मेलोडियस स्वर सुन्न सकिन्छ । हाल अस्ट्रेलियामा रहेकी गायिका पाण्डेले अस्ट्रेलिया र नेपालमा रहेका संगीतकर्मी संगको सहकार्यमा छोटो समयमा नै तयार गरेर यो गीत सार्वजनिक गरेकी हुन् । गीतमा स्वर र शब्द गायिका अबुन पाण्डेको रहेको छ भने संगीत टिका दाहालको रहेको छ । गीतको संगीत संयोजन राहुल प्रधानले गरेका हुन् । गायिका पाण्डेलाई पोट्रेट गरेर निर्माण गरिएको म्युजिक भिडियोलाई आशुतोष बोबी थापाले छायांकन गरेका हुन् । राजेश शाहको निर्देशनमा भिडियो तयार पारिएको हो ।
स्वयम् गायिका पाण्डेको   अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई  माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायिका पाण्डेले आग्रह गरेकी छिन । यसघि गायिका पाण्डेले ‘नाचन ठुली’ , ‘स्यांग्जा गए पाल्पा गए’ , ‘यो केटा त’ लगायतका दर्जनौ चर्चित गीतहरु सार्वजनिक गरिसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!