बिहिबार, बैशाख २५, २०७७ || 864  पटक पढिएको

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ मैनाबत्ति पुलमा ट्रकले किचेर आज विहिवार विहान एक महिलाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आईरहेको ना. ५ ख. ३३०९ नम्वरको ट्रकले ठक्करदिंदा साइकलमा सवार सिरहाकै धनगढीमाई नगरपालिका वडा नं. १० कि ३५ वर्षिया विन्दा साफीको साफिको घटनास्थलमै मृत्यु भएको हो ।
आफन्तकोमा विण्णुपुर गाउँपालीका गईरहेको बेला मैनाबत्ति पुलको विचभागमा पुगेपछि एकैपटक दुईवटा ट्रक आएका बेला डराएर साइकल अनियन्त्रित भई ट्रकमा ठोकिएको हुन सक्ने इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरिले जनकारी दिनुभयो ।
ठक्कर दिने ट्रक र चालक आफ्नो नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको छ । ट्रक पोखराबाट विष्कुट बोकेर धरानको लागि जाँदै गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरिले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!