बुधबार, पौष ०९, २०७६ || 1446  पटक पढिएको

हिपमत डटकम
काठमाडौं , पुस ९ प्रहरीले छापा मार्दा पक्राउ परेका करिब सय व्यक्तिको साथमा पासपोर्ट नभेटिएपछि मुख्य व्यक्ति फरार भएको खुलेको छ | महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारअन्तर्गतअनुसन्धानका लागि म्याद लिन जाँदा पासपोर्ट खोजी गर्दा भेटिएको थिएन।

उनीहरूले पासपोर्ट आफ्नो ‘बोस’ लाई राख्न दिएको बताएपछि प्रहरी मुख्य व्यक्तिको खोजीमा लागेको प्रहरीले छापा मार्दा मुख्य व्यक्ति भने फरार भएका हुन्। प्रहरीले मंगलबार उनीहरूलाई अनुसन्धानका लागि पाँच दिनको म्याद लिएको छ। चिनियाँ अधिकारीहरूले नेपालमा एक हजार ६ सयभन्दा बढी चिनियाँ नागरिक शंकाको घेरामा रहेका र तिनलाई पक्राउ गर्न आग्रह गरेका थिए। प्रहरीले पहिलो चरणमा एक सय २२ जना पक्राउ गरेका हुन्। प्रहरी स्रोतका अनुसार काठमाडौंपछि चितवन र पोखरामा पनि सर्च अभियान चलाउने तयारी छ। ‘अहिले मुख्य व्यक्तिको खोजीमा छौं, काठमाडौं बाहिरका सहरमा पनि चिनियाँ नागरिकको गतिविधिका बारेमा प्रहरीले निगरानी सुरु गरिसकेका छ,’ स्रोतले भन्यो। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी प्रमुख डिआइजी निरजकुमार शाहीले प्रहरी परिसरले थप अनुसन्धान गर्ने बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!