कोरोना भाइरसबाट बच्नका लागि सरकारलाई लकडाउन गर्न सल्लाह दिने बेलायतका प्रमुख वैज्ञानिक निल फग्र्युसनले ‘सामाजिक दूरी’ को उल्लंघनपछि आफ्नो पदबाट राजिनामा दिएका छन् । महामारीको मामिलामा उनी सरकारका प्रमुख सल्लाहकार थिए । उनको सल्लाहपछि नै प्रधानमन्त्री बोरिस जोनसोनले २३ मार्चदेखि देशमा लकडाउन घोषणा गरेका थिए ।

‘प्रोफेसर लकडाउन’
उनी प्रोफेसर लकडाउन भनेर पनि चिनिन्थे । डेली टेलीग्राफको समाचारअनुसार निलले लकडाउनका दौरानमा एक महिलालाई दुई अवसरमा आफ्नो घरमा आउन दिएका थिए । उनले आफ्नो गल्ती स्वीकार्दै दुःख लागेको बताएका छन् । संक्रमण रोक्नका लागि सरकारले ‘सामाजिक दूरी’ को सन्देश दिइरहेको छ र यसलाई मैले उल्लंघन गरेँ, मलाई दुख लागेको छ,’ उनले भने ।

उनको संस्थाले विभिन्न देशका सरकार र डब्ल्युएचओलाई पनि सल्लाह दिँदैं आएको छ । उनकाअनुसार उनी ‘साइन्टिफिक एडभाइजरी गु्रप फर इमर्जेन्सी’ को पदबाट राजीनामा गर्दैछन् । उनी सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिन एलालाईसिसका पनि निर्देशक हुन् ।

बीबीसीका अनुसार यही संस्थाले जनवरीमा कोरोनाको खतराबारे संसारलाई जानकारी गराएको थियो । यस संस्थाले विभिन्न देशका सरकार र डब्ल्युएचओलाई अफ्रिकामा इबोला फैलिइको बेला पनि सल्लाह दिएको थियो । बेलायतमा अहिलेसम्म कोरोना भाइरसबाट २८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । यहाँ, केवल अत्यावश्वक सामाग्रीका लागि मात्रै पसल खोल्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!