
इजरायलले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप बनाएको दावी गरेको छ । इजरायलका रक्षामन्त्री नाफ्ताली बेनेटले कोरोनाविरुद्धको खोप बनाएको दावी गरेका हुन् । उनले त्यसलाई कोरोनाविरुद्ध महत्वपूर्ण सफलता भनेका छन् ।

रक्षामन्त्री बेनेटले खोपको पेटेन्ट र ठूलो परिणाममा उत्पादनको तयारी शुरु भइसकेको समेत बताएका छन् । उनले इजरायल इन्स्टिट्युट अफ वायोलोजिकल रिसर्चले कोरोनाविरुद्धको खोप ‘मोनोक्लोनल नेस्चरलाइजिङ एन्टीबडी’ बनाएको बताए । एजेन्सी