बुधबार, बैशाख २४, २०७७ || 1230  पटक पढिएको

समसामयिक हाँस्य कथामा निर्माण गरिएको फिल्म ‘हिजो आजका कुरा’ को ‘माया जदौ’ बोलको गीतले एक करोड भन्दा बढी भ्यु पाएको छ । दुई महिनाअघि सार्वजनीक भएको गीतले दर्शकको उत्कृष्ट प्रतिक्रिया सहित चर्चा पाइरहेको छ ।
साकार पन्तको डेब्यु निर्देशनमा बरिष्ट हास्य कलाकार सन्तोष पन्त निर्मित ‘हिजो आजका कुरा’ को यस गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर, आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा बरिष्ट हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ,सन्तोष पन्त, नीर शाह, शम्भुजीत बास्कोटा,भुवन चन्द,बसुन्धरा भुसाल,मिथिला शर्मा, गौरी मल्ल,धीरेन शाक्य, रमा थपलीया, दिनेश डिसी,दीपाश्री निरौला, जितु नेपाल,केदार घिमीरे,जयनन्द लामा, शिबहरि पौडेल, केकी अधिकारी, ऋचा शर्मा,साकार पन्त, रिमा बिश्वकर्मा,जेबिका कार्की,नवीन के भट्टराई, नितेशजंग कुँवर,नम्रता श्रेष्ठ,यमन श्रेष्ठ,रमेश अधिकारी, सबिन शाक्य, मन्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,लुनिभा तुलाधरलगायतका चर्चित कलाकारलाई प्रस्तुत गरिएको छ ।
कोरोना भाइरसका कारण जारी लकडाउनले गर्दा प्रदर्शन स्थगीत गरिएको फिल्मको जनजीवन सामान्य भएपछि नयाँ प्रदर्शन मिति तय गरिने निर्माण पक्षले जनाएको छ । आफ्नो फिल्मको गीतले छोटो समयमै करोड भन्दा बढी भ्यु पाएकोमा निर्देशक साकारले खुशी ब्यक्त गरेका छन् । उनले गीत हेर्नुहुने सम्पूर्ण दर्शकमा आभार ब्यक्त गरेका छन् ।
फिल्ममा सन्तोष पन्त, साकार पन्त,रमा थपलीया,लक्ष्मी भुसाल,केकी अधिकारी, ऋचा शर्मा,दिब्यदेव पन्त,रिमा बिश्वकर्मा,जयनन्द लामा,जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा प्रतिभा पन्त कार्यकारी निर्माता तथा बैकुण्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र सहनिर्माता रहेको फिल्मको कथा सन्तोष पन्तको हो भने पटकथा सन्दीप किस्नाले लेखेका हुन । रवि सायमीले खिचेको फिल्म निर्माण घोषणादेखिनै चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!