घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक अचम्मको खवर समेत सार्वजनिक भएको छ । टाइम्स अफ इण्डियाका अनुसार पतिले कुटपिट गर्दा महिला अस्पताल भर्ना भएकी छन् ।

२४ वर्षीया महिलालाई उनका पतिले अनलाइन लुँडोको खेलमा पराजित गरेको भन्दै निर्मतापूर्वक कुटपिट गरेपछि ढाडमा गम्भीर चोट आएका कारण अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ।

वडोदरा निवासी एउटी महिलाले आफ्नो पतिलाई लकडाउनको बेला लुडो खेल्दा पतिलाई हराएकी थिइन ।
पहिलो राउन्डमा खेल हारेको ति पुरुषले लगातार खेलमा हारेपछि आफ्नी श्रीमतीसँग झगडा गरे र उनलाई यति निर्दयी भएर कुटे जसकारण उनकी पत्नीको ढाडको हड्डी बीच अन्तर देखा पर्‍यो ।

महिलालाई एउटा अर्थोपेडिक सर्जन र पोस्ट उपचारका लागि लगियो, त्यसपछि उनले आफ्नो श्रीमानसँग फिर्ता जानुको सट्टा आफ्ना आमाबाबुसँगै बस्ने निर्णय गरेकी हुन् ।

पछि उनले आफ्नी पत्नीसँग माफी मागे र उनकी पत्नी पनि उनिसँग फर्कने कुरामा सहमत भएको समाचारमा उल्लेख छ ।
ति महिला आम्दानीको लागि बच्चाहरुलाई ट्युसन पढाउदै आएकी थिइन भने उनको पति एउटा निजी इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्दे आएका थिए ।एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!