बुधबार, बैशाख २४, २०७७ || 700  पटक पढिएको

भारतको असममा अफ्रिकी स्वाइन फ्लूका कारण हालसम्म साढे दुई हजार बढी सुँगुरको मृत्यु भइसकेको छ । असमको सातवटा जिल्लामा सोमबारसम्म करिब ३०६ गाउँमा २५ सयभन बढी सुँगुरको मृत्यु भएको ।

एकातर्फ राज्य सरकारको पूरा प्रशासन कोरोनाभाइरस महामारी नियन्त्रणमा लागेको छ भने अर्कोतर्फ प्रदेशमा अफ्रिकी स्वाइन फ्लू देखिएपछि सरकारको तनाव एकाएक बढेको छ । राज्य सरकारका अनुुसार प्रदेश सरकारमा पहिलो पटक अफ्रिकी स्वाइन फ्लू देखिएको हो । यो एक घातक रोग हो जुन हाल घर पालुवा सुँगुँमा मात्रै देखिएको छ । यो फ्लूबाट संक्रमित सुँगुरको शत प्रतिशत मृत्यु हुन्छ ।

के अफ्रिकी स्वाइन फ्लू सँगुरबाट मानिसमा सर्छ ? यो प्रश्नको जवाफमा असम पशुधन निगमका अध्यक्ष मनोज सैकियो भने, ‘असममा अफ्रिकी स्वाइन फ्लूको यो पहिलो घटना हो र हालसम्म प्राप्त जानकारी अनुसार यो मानिसमा फैलिदैन र न नै यो फ्लूको कोभिड–१९ संक्रमणसँग कुनै सम्बन्ध छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!