सोमबार, बैशाख २२, २०७७ || 769  पटक पढिएको

अमेरिकी विदेशमन्त्री माइक पोम्पियाले एक पटक पुनः कोरोनाभाइरस फैलिनुमा चीनमाथि निशाना साँधेका छन् ।

एबीसी न्यूजसँग कुराकानी गर्दै उनले भने, ‘त्यो देश (चीन) सँग महामारी रोक्नका लागि समय थियो । तर उसले यो जानकारी लुकाउन र मानिसहरुलाई भ्रमित पार्ने कोसिस गर्यो । अहिले हेर्नुहोस् त पूरा संसार नै यसको शिकार भएको छ ।’

ट्रम्प प्रशासनले पछिल्ला केही हप्तामा चीनमाथि व्यापक हमला गर्दै आएका छन् ।

बीबीसी संवाददाता बारबारा प्लेटका अनुसार ट्रम्प प्रशासनले अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपति चुनावअघि कोरोना महामारीको अन्त्य गर्न नयाँ ढङ्गले अघि बढ्ने तयारी गरिरहेको छ ।

जब विदेशमन्त्रीलाई ट्रम्पले भनेजस्तै के कोरोना भाइरस मानिसले जानीजानी बनाएको हो भन्ने प्रश्न साध्दा यसको जवाफमा उनले भने, ‘म यो थ्योरीमाथि अविश्वास गर्दिनँ । थुप्रै उत्कृष्ट विशेषज्ञले पनि यो मानिसले नै बनाएको भन्नेमा विश्वास गर्छन् ।’

तर गत हप्ता अमेरिकाको गुप्तचर विभागले यो भाइरस मानिसले बनाएको होइन भन्ने कुरामा वैज्ञानिकहरु सहमत छन् भन्ने जानकारी दिएको थियो ।

जब विदेशमन्त्रीलाई यसबारे पनि सोधियो तब उनले आफ्नो कुरा फेर्दै भने, ‘मसँग गुप्तचर विभागका अधिकारीको आँकलनमाथि शंका गर्ने कुरा कारण छैन ।’

माइक पोम्पियोले थपे, ‘यो भाइरस जानीजानी छोडिएको थियो वा यो गल्तीपूर्वक भयो भन्ने बारे म उत्तर दिन सक्दिनँ किनभने चीनको सत्ताधारी कम्युनिष्ट पार्टीले विदेशको स्वास्थ्य विशेषज्ञको सहयोग अस्विकार गरेको थियो ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!