नेपालमा अनेक चर्चा परिचर्चा हुने गरेको छ । पछिल्लो समय व्यापक चर्चा र आलोचना खेपिरहेका पुर्व युवराज पारस शाह र मोडल, युट्युबर तथा भिजे सोनिका रोकाय फेरि चर्चामा आएका छन् । “लुम्बिनी पोस्ट”नामक एक अनलाइनले लेखेको समाचारका कारण केही समयदेखि रोकिएको यी २ को चर्चा फेरि सुरु भएको हो । समाचार केही समय अगाडीको भएपनि दुबैले आफ्नो आफ्नो तरिकाले सो समाचारलाई स्कृनसट गरि हालै फेसबुकमा पोस्ट गरेका छन् ।

समाचारको शिर्षक “एटिएमबाट पटक पटक गरि सोनिकाले १२ लाख चोरेपछि पारस तनाबमा” राखिएको छ । सो समाचार २०२० को अप्रिल २२ मा प्रकाशन भएको देखिन्छ । यसै शिर्षकमा पारसले आपत्ति जनाएका छन भने सोनिकाले “आईएम सरि फाईनल्ली” भन्दै समाचारप्रती व्यंग्य गरेकी छन् । उनले सो कुरालाई आफ्नो फेसबुक संगै ईन्स्टा एकाउन्टमा पोस्ट गरेकी हुन् । यस्तै पारसले पनि आफ्नो अफिसियल फेसबुक आईडिमा सो समाचारको स्कृनसट राखेका छन् ।

उनले ‘सोनिकालाई यो कस्ले गरिरहेको छ ? भन्दै आफ्नो लागि चरित्र हत्या हुने किसिमको त्यस्तो समाचार प्रकाशन गर्ने सो ब्यक्ति वा समुहलाई पत्ता लगाउन अनुरोध आशयको स्ट्याटस पोस्ट गरेका छन् । यस्तै, पारसले केही दिन अघि होटलमा मध्यरातमा पार्टी गरेका भिडियोहरु उनि आफैले फेसबुकमार्फत अपडेट गरिरहेका छन् । २४ घन्टामा पूर्व युवराज पारस शाह फेसबुकमा १२ पटक लाइभ आएका छन् । सो लाईभमा युवती पनि देखिन्छन्, तर को हुन भन्ने यकिन छैन ।

मस्ती गरेका लाइभ भिडियोहरु भन्दा अगाडि पूर्व युवराज पारस साहले एउटा स्टाटस लेखेका छन् । जहाँ धेरै मानिसले प्रतिक्रिया पनि जनाएका छन् । ब्रेक अप फाइनल्ली, फ्रि एट लास्ट लेखेर उनले स्टाटस लेखेपनि कोसँग भन्ने खुलाएका छैनन् । उनको र पत्नी हिमानी साहबीच सम्बन्ध राम्रो नभएका समाचारहरु बाहिरिएका छन् । पछिल्लो समय सोनिकासँगको सम्बन्धमा रहेका पारसले उनैसँगको सम्बन्ध विच्छेद गरेका हुन् त? भन्ने प्रश्न पनि सामाजिक सञ्जालमा उठेका छन् । त्यसअघि उनले फाइनल्ली व्याक फर्गट द्याट आइ चेन्जड् पासवर्ड भन्ने स्टाटस लेखेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!