आइतबार, बैशाख २१, २०७७ || 553  पटक पढिएको

प्रदेश नं २ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वाबको नमूना सङ्कलन निरन्तररूपमा भइरहेको छ । यस प्रदेशमा शनिबार मध्याह्नसम्ममा दुई हजार ४१० को स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये एक हजार ९१० को परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने ५०० जनाको रिपोर्ट आउन बाँकी छ । यसअघि कोरोना प्रमाणित भएका १२ मध्ये चार उपचार गराई घर फर्किसकेका छन् भने आठ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले शनिबार पत्रकार सम्मेलनमा बताउनुभयो । यस प्रदेशमा चौबीस घण्टादेखि आरडिटी परीक्षण गरिएको छैन । यसअघि यस प्रदेशको आठवटै जिल्ला गरी पाँच हजार २२३ को सो परीक्षण गरिएको थियो । प्रदेशमा शनिबारसम्म एक हजार ३०७ क्वारेन्टाइन, चार हजार ५३२ होम क्वारेन्टाइन र २३ जना आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!