शनिबार दिउसो ४ बज्न नपाउदै नेपाल तरुणदल मोरंगका अध्यक्ष संञ्जय थापा हस्याङ फस्याङ गर्दै राधाकृष्ण धर्मशालातिर हानिन्छन । थापा धर्मशाला पुग्दा गरिव तथा विपन्नलाई वितरण गर्ने खनाको तयार भई सकेको थियो । संञ्चारकर्मीहरु राधाकृष्ण धर्मशाला पुग्दा काग्रेस मोरङका जिल्ला सदस्य संञ्जय मण्डल , र नेविसंघका पुर्व सहमहामन्त्री कृष्ण कार्की अलि अघाडि आईपुगी सकेका थिए । उनिहरु प्याज काट्ने , लसुन केलाउने , खुसार्नी केलाउने जस्ता काममा सहयोग गरिरहेका देखिन्थ्यो ।

उनिहरुमात्र होईन तरुणदल मोरङका उपाध्यक्ष खेम थापा, खाना प्याक गर्न सुरु गर्नु हुन्छ । उता तरुदल केन्द्रीय पार्षद अनुरोध साहा जनताको सेवा गर्न विराटचौक देखि विराटनगर आएर खाना प्याकिङ गर्न सहयोग गर्दै हुनुहुन्थ्यो । त्यतीनै बेला विराटनगर १ का अध्यक्ष उद्दब अर्याल आई पुगे । उनि कार्यक्रमलाई कसरी व्यवस्थित बनाउने भन्नेमा चिन्तीत थिए । उनले युवाहरुलाई हौस्याईरहेका थिए ।सधै सामाजिक काममा सक्रिय मोरङ काग्रेसका जिल्ला सदस्य राजेश गुप्ता सधै प्याकीङ गर्न सहयोग गर्न सो स्थानमा आईपुे । उनि खाना प्याकीङ गर्न लागे । उता तरुणदल विराटनगर सभापती सन्तोस न्यौपाने प्रत्येक दिन जनताको सेवामा खटिईरहेका छन ।

मोरंङका तरुणदलका नेताहरुलाई सघाउन तेरथुम तरुणदल जिल्ला सदस्य संञ्जीव पौडेल समेत आईपुगे , यता प्याकीङ सकिएपछी कोशि अस्पताल विराटनगरमा तरुणदलका केन्द्रीय पार्षद प्रकाश साहा खट्नुभयो । सधै सामाजिक क्षेत्रमा सक्रिय रहने तरुदल मोरङका कोषध्यक्ष अनिल लक्ष्मी रिजाल पनि विपन्न , गरिव र कोशी अस्पतालमा उपचार गर्न आएका विमारी ,तिनका कुरुवालाई खाना खुवाउन कस्सीएरै लागेका छन । यता तरुणदलकी नेत्री तथा सांस विन्दया कार्की समेत जनताको सेवामा समर्पीत छिन । उनि रात दिन नभनीकन खटि रहेकी छिन । त्यस्तै तरुणदलका नेताहरु अनिल थापा, मनिस तिम्सीना , राजुगुप्ता सरकारले गरेको लकडाउनमा खाना खन नपाएका हरुलाई सहयोग गर्न लागी परेका छन ।

कोरोना भाईरसको जोखिम बढेसंगै सरकारले गरेको लक डाउनको बेला अस्पतालमा उपचार गर्न आउने विमारी र तिनका कुरुवाकालागी खाना खान नपाउने सर्वसाधारण हरुलाई खाना खुवाउन नेपाली काग्रेस निकट नेताहरु लागी परेका हुन । यसको अगुवाई नेपाल तरुणदल मोरंङले गरेको हो । नेपाल तरुदल मोरंङले ८ हजार विपन्न तथा खान नपाएकाहरुलाई खाना खुईसकेको छ । प्रत्येक दिन कोशि अस्पतालमा तिन सय मानिसलाई खाना खुवाउने गरेको नेपाल तरुदल मोरंङका अध्यक्ष संञ्जय थापाले जानकारी दिए । आज २७ औ दिन सम्म दैनिक ३०० जनालाई खाना खुवाई सकिएको छ ।
उता नोवेल अस्पतालमा उपचार गर्न आएका सर्वसाधारणलाई नेपाली कांग्रेस विराटनगर समीतीका कार्यवाहक सभापती अरुण न्यौपानेको संयोजकत्वमा दैनिक २ देखि ३ सय मानिसलाई खाना खुवाईको काग्रेस नेता पंकज बर्माले जानकारी दिनुभयो ।
त्यसैगरी टंकी सिनवारीमा अवस्थित विराट टिचिङ अस्पतालमा नेविसंघका नेताहरुले दैनिक २ सय देखि ३ सय सर्वसाधारणलाई खाना खुवाईरहेको नेविसंघका नेता देवचन्द्र घिमिरेले बताए ।

लकडाउनका बेला खाना खाने होटलहरु बन्द हुने भएकाले अस्पतालमा उपचार गर्न आउने विमारी र तिनका कुरुवाले खाना खान नपाउने भएकाले सो कार्यक्रम संञ्चालन गरिएको हो । लक डाउन अझै लम्बीए खाना खुवाउने कार्यक्रम अझै सुचारु गर्ने अध्यक्ष थापाले बताउनुभयो । सो कार्यक्रमलाई नेपाली काग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला, डा. मिनेन्द्र रिजाल, अमृत अर्याल, गुरु घिमिरे , मोरंङ काग्रेस कार्यसमीतीका सभापती डिग बहादुर लिम्बु लगायतका नेताहरुको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!