तपाईंको लकडाउन कस्तो भैरहेको छ ? नायक प्रदीप खड्का भने लकडाउनमा एैंसेलु र काफल टिप्न निस्किएका छन् । निर्माता सन्तोष सेनसँग प्रदीप एैंसेलु र काफल टिप्न गोदावरीको जंगल पुगेका हुन् । गोदावरी नजिकै माथि प्रदीपको गाउँ घुमेर एैंसेलु र काफल खानु खाईयो, सन्तोष सेनले फोटो राख्दै आफ्नो फेसकुमा लेखेका छन् ।

प्रेम गीत युनिटले लकडाउनमा सर्वसाधरणलाई दर्जनौं मास्क वितरण गरेका थिए । सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म प्रेम गीत ३ को प्रदर्शन मिति गएको चैत २८ लाई तोकिएको थियो ।

तर कोरोनाको संक्रमण फैलिएपछि फिल्मको प्रदर्शन मिति स्थगन गरियो । प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा निर्माता सेन र छेतेन गुरुङको संयुक्त निर्देशन छ । फिल्मको नयाँ प्रदर्शन मिति तोकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!