हिपमत डटकम
बेलबारी,पौष ८ गते। मोरङको बेलबारीका २ सयभन्दा बढी स्थानीयलाई ठगेर सुन व्यपारी घनश्याम श्रेष्ठ फरार भएपछि उनीहरु आन्दोलित भएको समाचार आजको जनविद्रोह दैनिकले छापेको छ ।

ब्याजको प्रलोभन देखाएर ९ करोड रुपैयाँभन्दा बढी रकम ठगेर श्रेष्ठ बेपत्ता भएपछि पीडितहरु आन्दोलनमा उत्रिएका हुन् ।

बेलबारी १ मा सुनको कारोबार गर्दै आएका श्रेष्ठले बिभिन्न मितिमा बेलबारीका बिभिन्न वडाका स्थानीयसँग ब्याजको लोभ देखाएर पैसा लिएका थिए । उनीहरुको रकम फिर्ता नगरी श्रेष्ठ सम्पर्क बिहिन भएपछि पीडितहरुले श्रेष्ठको घरमै धर्ना दिनुका साथै कारबाहीको मागसहित ईलाका प्रहरी कार्यलयमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।

पीडितहरुले यसअघि बेलबारी नगरपालिकामा पनि उजुरी गरेका थिए । त्यसपछि श्रेष्ठले रकम मंसिर मसान्तसम्म तिर्ने सहमति गरेकोमा पैसा फिर्ता नदिएको र ‘राजाको मान्छे हुँ’ भन्दै बिभिन्न नम्बरबाट फोन गरेर धम्की दिन थालेको पीडितहरुले बताएका छन् ।

पीडितहरुले मातृका पराजुलीको संयोजकत्वमा संघर्ष समितिसमेत गठन गरेका छन् । पराजुलीबाट श्रैष्ठले २७ लाख रुपैयाँ लिएका छन् । ब्याज त परको कुरा साँवा रकमसमेत डुबेपछि आन्दोलन गर्न बाध्य भएको उहाँको भनाइ छ ।

श्रेष्ठले ६ लाख बढी ठगी गरेपछि आफनो घरपरिवारमा दैनिक झगडा हुने गरेको अर्का पीडित कृष्णा भण्डारीले बताए । ७ लाख रुपैयाँ धितोमा श्रेष्ठसँग राखेको घर ७० लाख रुपैयाँमा बैँकमा राखेर रकम निकालेर नतिर्दा घर लिलाम भएको र आफनो बिल्लीबाठ भएको पीडित गीता लिम्बूको भनाई छ ।

श्रेष्ठले ठगी गरेका २ सय बढी स्थानीय श्रेष्ठको घरमा धर्नामा बसेका छन् । उनीहरुले आफ्नो रकम फिर्ता नभए चरणबद्ध आदोलन गर्ने बताउँछन् । श्रेष्ठले बेलबारी १ की क्यान्सरपीडित रमा श्रेष्ठलाई पनि ठगेका छन् । ब्याजको प्रलोभन देखाएर २ लाख ५० हजार रकम लिएर बेपत्ता भएको उनको भनाइ छ ।

नेपाली सेनाले हत्या गरेकी बेलबारीकी सपना गुरुङको छोराछोरीको पढाई खर्चका लागी राज्यले दिएको रकमसमेत श्रेष्ठले ठगेको पाइएको छ । राम्रो ब्याज दिने प्रलोभनमा उनले ५ लाख रुपैयाँ रकम लिएको र फिर्ता नगरेको सपनाकी आमा शोभा गुरुङले बताइन् ।
,

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!