बुधबार, बैशाख १७, २०७७ || 785  पटक पढिएको

मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण रोक्न घरमै वस्न गरिएको बन्दाबन्दी (लकडाउन) का कारण ज्यादै समस्यामा परेका दैनिक ज्याला मजदुरका लागि भौकै वस्नु पर्ने अवस्था सिर्जना नगर्न नगरपालिका कार्यालयले थप राहत वडा कार्यालयमा पुर्याउने काम सम्पन्न गरेको छ ।

कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति मातहतको राहत व्यवस्थापन तथा वितरण समितिको अगुवाईमा हिजोदेखि सुरु भएको वडा वडामा राहत पुर्याउने काम आज सम्पन्न भएको नगर उपप्रमुख एवम् राहत वितरण तथा व्यवस्थापन समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाउनु भयो ।

पहिलो चरणको अन्तिम पटक १० वटा वडामा खानको समस्या परेकाहरुका लागि थप ३,३ हजार केजी चामल सहितका राहत सामग्री वडा कार्यालयमा पुर्याइएको हो ।

यस अघि नगरमा पहिलो पटक ४ हजार ३ सय ४ लाई राहत वितरण गरिएको थियो । त्यसपछि छुटपुटका लागि थप ५ सय परिवार गरी ४ हजार ८ सय ४ जनालाई राहत दिइसकिएको छ । अवको राहत वडाले अतिआवश्यक पर्नेहरुका लागि आफैं अनुगमन् गरेर वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!