नेपालमा थप तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पताल स्रोतका अनुसार बाराको सीमराका २ जनामा र वीरगञ्ज छप्कैया–२ का एक जना परुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

उनीहरुको स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा त्यहाँ नतिजा पोजेटिभ आएको हो ।

वीरगञ्जका संक्रमित सिद्धार्थ मावीस्थित क्वारेन्टाइनमा बस्दै आएका थिए ।

गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। योसँगै वीरगञ्जमा हालसम्म फेला परेको संक्रमितको संख्या ६ पुगेको छ ।

बारा जिल्लामा भने पहिलो पटक संक्रमित फेला परेका हुन् । बाराका संक्रमितहरुलाई अस्पताल ल्याउने तयारी भइरहेको छ ।

यसअघि नेपालमा ५४ जना संक्रमित फेला परेका थिए जसमध्ये १६ जना निको भएर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!