मंगलबार, बैशाख १६, २०७७ || 940  पटक पढिएको

काठमाडौँ महानगरपालिकाले विभिन्न अस्पतालका बिरामी कुरुवालाई खाना खुवाउने व्यवस्था गरेको छ । यसअघि अव्यवस्थितरूपमा रहेका परिवार र जरुरी कामले हिँडेका बटुवा र सडकमा भेटिने असहायलाई खाना खुवाउँदै आएकामा कामपाले बिरामी कुरुवालाई खाना खुवाउने व्यवस्था गरेको हो । कामपा वडा नं ३ ले दैनिक तीन हजार ७०० लाई निःशुल्क खाना खुवाइरहेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका समयमा कमजोर आर्थिक अवस्था भएका, आफ्ना कोही नभएका र दैनिक काम गरेर खानुपर्ने वर्गलाई खानेकुराको व्यवस्था गरिएको कामपा वडा–३ का वडाध्यक्ष दीपक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार वडाको आग्रहमा बोधिसतुवा बिहारले अव्यवस्थित बस्तीमा भएका परिवार, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र कान्ति बाल अस्पतालमा भर्ना भएका बिरामीका कुरुवा गरी दैनिक एक हजार ३०० जनाका लागि खानाको व्यवस्था गरिदिएको छ । त्यसैगरी नारायण गोपाल चोकको एरिकल बैङ्क्वेटका तर्फबाट होम बुढाथोकीले दैनिक बिहान एक हजार जनाका लागि, मेघा पार्टी प्यालेसले दैनिक बेलुकी ८०० का लागि, सामुदायिक सेवा केन्द्रबाट गङ्गालाल र न्यूरो अस्पतालमा भर्ना भएका बिरामीका कुरुवा गरी २०० का लागि खाना र पानस पार्टी प्यालेसले लकडाउन व्यवस्थापन गर्न खटिने ४०० राष्ट्रसेवकका लागि खाजाको व्यवस्था गरेको छ । त्यसैगरी वडाले अहिलेसम्ममा चार हजार ३०० लाई राहत वितरण गरिसकेको छ । राहत वितरणका लागि वडाले चार क्षेत्रमा बाँडेको छ । राहत दिनका लागि वडामा भएका खाद्य पसलबाट प्रस्ताव माग्ने, थोरै मूल्य कबोल गर्नेसँग वडाको हाम्रो सम्झौता गर्ने र कुपन पाएकाले खाद्य पसलमा गएर प्रचलित व्यवस्थाको उल्लङ्घन नहुने गरी राहत लिँदै आएका छन् । उहाँका अनुसार पहिलो राहत दिएको थाहा नपाएर अहिले सम्पर्कमा आउने मानिस पनि हुनुहुन्छ । यसरी छुटेका परिवारलाई अहिले खाद्यान्न उपलब्ध गराउने काम भइरहेको छ । त्यसैगरी कामपाको ३२ वटै वडाबाट भने ६९ हजार ६९१ लाई राहत वितरण गरिसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!