शनिबार, पौष ०५, २०७६ || 1504  पटक पढिएको

हिपमत डटकम
उदयपुर, पौष ०५ गते ।

उदयपुरको त्रियुगा नगरपालिका-१३ नयाँ बरुवा बसपार्क गाईघाट स्थित भित्रि सडक खण्डमा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ७ बजेको समयमा स १ त ६८०० नम्बरको ट्याक्टरमा लेवर काम गर्ने पछाडि सवार त्रियुगा नगरपालिका-६ जलजले बस्ने बर्ष १६ को प्रबेश अलि मिया ट्याकटरबाट झरेर गम्भिर घाईते भए पश्चात उपचारकोलागी जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । ट्याक्टर,ट्याकटर चालक त्रियुगा नगरपालिका-६ जलजले बस्ने बर्ष ४५ को श्याम कुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!