सोमबार, बैशाख १५, २०७७ || 681  पटक पढिएको

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि तीन तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्ने निष्कर्ष निकालेको छ ।समितिले गण्डकी प्रदेशको बजार अनुगमन टोली एवं सरोकारवालासँग आइतबार गरेको छलफलमा समितिका सभापति दीपक कोइरालाले यसको रोकथाम र नियन्त्रणका लागि तीन तहका सरकारबीच अझै बढी समन्वय आवश्यक देखिएको बताउनुभयो । उहाँले बजार अनुगमन टोलीसँग प्रदेशको बजारको अवस्था, मूल्यवृद्धि लगायतमा भइरहेका प्रयास लगायतमा जानकारीसमेत लिनुभयो । अनुगमन टोलीका संयोजक गोकुल शर्मा पौडेलले गण्डकी प्रदेशमा वर्तमानमा कुनै पनि सामग्रीको अभाव नरहेको जानकारी गराउनुभयो ।सभापति कोइरालाले बन्दाबन्दीको अवधिमा कास्की, स्याङ्जा, पर्वत तनहुँलगायत जिल्लाका १०० भन्दा बढी ठाउँमा अनुगमन गरिएको उल्लेख गर्दै उहाँले आपूर्तिलाई सहज बनाउनेतर्फ जोड दिइएको बताउनुभयो । अनुगमन टोलीका सदस्य एवं उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोइरालाले कम्पनीबाटै केही सामानको मूल्यवृद्धि गरेर पठाएकाले आटा, खाने तेल, रातो दालमा केही मूल्य बढेको पाइए पनि अन्य सामानको अभाव नदेखिएको बताउनुभयो । उहाँले औषधिको पनि गण्डकी प्रदेशमा अभाव नरहेको जानकारी दिनुभयो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले ग्यास र खाद्यान्नमा अभाव नरहेको बताउँदै यसबीचमा कालोबजारी गर्ने तीन जनालाई मुद्दा चलाइएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत लीलाबल्लव न्यौपानेले तीन तहको सरकारबीच राम्रो समन्वय भए अहिले देखिएका समस्याको समाधान हुने बताउँदै तीन तहकै एउटै निर्णय भए काम गर्न सहज हुने उल्लेख गर्नुभयो । समितिमा बजारमा चोक्करको मूल्य बढी लिएको, मिति सकिएको एलपी ग्यासको सिलिन्डर बजारमा पाइएको लगायतका विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!