सोमबार, बैशाख १५, २०७७ || 1089  पटक पढिएको

न्यूजिल्याण्डको सरकारले आफ्नो देशमा कोरोनाभाइरसको स्थानीय संक्रमण समाप्त भएको र आफूहरुले प्रभावकारी तरिकाले यो भाइरसमाथि नियन्त्रण पाएको दाबी गरेको छ ।

पछिल्ला केही दिनदेखि न्यूजिल्याण्डमा एकाध कोरोना संक्रमणका मामला सार्वजनिक भएका छन् । आइतबार यहाँ एकजना मात्रै संक्रमित भेटिएका थिए । न्यूजिल्याण्डकी प्रधानमत्री जसिन्डा आर्डर्नले देशले हालका लागि कोरोनाभाइरससँगको युद्ध जितेको बताएकी छिन् ।

प्रधानमन्त्रीको यस्तो घोषणा गर्नु केही घण्टा अघि न्यूजिल्याण्डले सामाजिक प्रतिबन्धको कडा दिशानिर्देशलाई खुकुलो बनाएको छ ।

मंगलबारदेखि केही व्यापार, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा गतिविधी सुरु हुनेछन् ।

यद्यपि, अधिकारीले अहिले पनि धेरैजसो मानिस घरमा नै बस्नुपर्ने र सामाजिक दुरी स्थापित गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री अर्डर्नले दैनिक आयोजना हुने सरकारी पत्रकार सम्मेलनमा भनिन्, ‘हामी अर्थव्यवस्था खोलिरहेका छौं तर अहिले पनि मानिसहरुको सामाजिक जीवनमाथि लागेको प्रतिबन्धलाई पूर्ण रुपमा समाप्त भने गर्नेछैनौं ।’

न्यूजिल्याण्डमा हालसम्म १४ सय ६९ संक्रमित भेटिएका छन् भने यहाँ १८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!