शुक्रबार, पौष ०४, २०७६ || 1511  पटक पढिएको

हिपमत डटकम
काठमाण्डौ,पौष ४ गते।नेपाली चलचित्र ‘दि कर्माको पहिलो गीत रिलीज भएको छ । ‘बजार लाग्या छ’ बोलको गीतको भिडियोमा नायिका नीता ढुंगाना र नायक करण वर्माको दमदार नृत्य रहेको छ । भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा एङ्ग्री लुक्समा छन् भने बुद्दि तामाङ्ग पनि देखिएका छन् । यस गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने मनिषा पोखरेलको स्वर रहेको छ । यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् ।

चलचित्रका गीतहरुमा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ । चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि।एल। र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो ।

चलचित्रमा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । दि कर्मा’ नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको निर्माता जय राज रायले बताए । अर्का निर्माता श्रीदेवका अनुसार यो चलचित्र नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि रिलीज हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!