आइतबार, बैशाख १४, २०७७ || 1126  पटक पढिएको

कोरोनाभाइरसका कारण संसारका धेरैजसो देशमा लकडाउन छ तसर्थ धेरैजसो देश र इलाकामा प्रदुषणको स्तर तुलनात्मक रुपमा कम भएको छ । यस्तै धुलो र धुँवाले लगभग सबैजसो समय घेरिने गरेको चीनको उत्तरी प्रान्त हुबेईमा पनि हावा सफा भएको छ र प्रशासनले हावाको गुणस्तरका लागि जुन लक्ष्य राखेको थियो त्यो पूरा भएको छ ।

यद्यपि, स्थानीय अधिकारीले कोरोनाभाइरसका कारण गरिएको लकडाउन उल्लेख नगरीकनै प्रदुषणमा कमी आएको दाबी गरिरहेका छन् । प्रान्तीय पर्यावरण ब्यूरोका भाइस–हेड ही लिताओले अक्टोबर–मार्चको अवधिमा PM2.5 को औसत सान्द्रतामा १५ प्रतिशतको कमी आएको र सल्फरडाइअक्साइडको सान्द्रतामा पनि एक–तिहाई कमी आएको जानकारी दिएका छन् ।

धेरैजसो विशेषज्ञले पूरा चीनभरी नै वातावरण प्रदुषणमा कमी आएका कारण यो लकडाउनकै नतिजा हुनसक्ने बताएका छन् । चीनमा गत वर्षको अन्त्यमा नै कोरोनाभाइरस संक्रमणबारे पत्ता लागेको थियो जसका कारण सावधानी अपनाउँदै यहाँ लकडाउनको घोषणा गरिएको थियो । लकडाउनका कारण सडकमा यातायातका साधन, उद्योग, कल–कारखाना बन्द थिए ।

विशेषज्ञले यसैका कारण प्रदुषण कम भएको विश्वास गरेका छन् । अहिले पनि लाखौं मानिसहरु घरमा नै बसिरहेका छन् । सन् २०२० को सुरुवाती तीन महिनाको जुन आँकडा सार्वजनिक गरिएको छ, तीमध्ये ३ सयभन्दा बढी शहरमा फोक्सोलाई क्षती पुर्याउने PM2.5 कणको सान्द्रता लगभग १५ प्रतिशतसम्म कम भएको दाबी गरिँदै छ ।

सांघाईमा विषालु ग्यासको उत्सर्जनमा पहिलो त्रैमासिकमा लगभग २० प्रतिशतको गिरावट देखिएको छ जबकी ऊहानमा मासिक औसत गत वर्षको तुलनामा एक तिहाईभन्दा कम भएको छ । यद्यपि, हुबेई प्रान्तको पर्यावरण ब्यूरोले आफूहरु प्रतिकूल परिस्थितीमा पनि आफ्नो निर्णयमा कायम रहेको र त्यसको सही पालना गरिएका कारण स्थानीय स्तरमा प्रदुषणमा कमी देखिएको बताएको छ ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!