आइतबार, बैशाख १४, २०७७ || 781  पटक पढिएको

सडक डिभिजन कार्यालय दाङअन्तर्गत चार योजना निर्माणको काम शुरु भएका छन् । लकडाउनका समयमा रोकिएका सडकका योजनामध्ये अहिलेती योजनाका काम शुुरु भएको कार्यालयका सूचना अधिकारी खुम भण्डारी जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–शिवखोला सडक मर्मतको काम शुरु भएको छ । त्यस्तै घोराही–लमही सडक खण्डको सिस्ने खोला पुल, घोराही–धारापानी सडकअन्तर्गत बबई नदीमा पुल र घोराही उपमहानगरपालिका वडा नं १७ ढिकपुरको बबई नदीमा पर्ने पुल निर्माणको काम शुरु भएको उहाँले बताउनुभयो । अहिले बजार बन्द हुँदा निर्माणका लागि आवश्यक सामग्री नपाउनु, मजदूरको सहज उपलब्धता नहुनुजस्ता कारणले काम प्रभावकारी रुपमा अघि बढ्न सक्ने अवस्था भने नभएको उहाँको भनाइ छ । यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि विकास निर्माणका काम अघि बढाउन थालेको छ । त्यसका लागि वडाका सबै कर्मचारीलाई अनिवार्य कार्यालय आउन निर्देशन दिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायले बताउनुभयो । साथै पूर्वाधार निर्माणका कार्य अघि बढाउनका लागि सबै उपभोक्ता समितिका अध्यक्षलाई जानकारी गराइएको छ । सामाजिक दूरी कायम राखी विकास निर्माणका काम अघि बढाउन थालिएको हो । दीर्घरोगीलाई घरमै औषधि तुलसीपुरले दीर्घरोगीलाई घरघरमै औषधि पु¥याउने तयारी गरेको छ । उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन महाशाखामार्फत घरमै औषधि पु¥याउने तयारी थालिएको जनस्वास्थ्य निरीक्षक विमल केसीले बताउनुभयो । उहाँका अनुसार अहिले तथ्यांक संकलन भइरहेको छ । निःशुल्क औषधि जनस्वास्थ्य प्रवद्र्धन शाखाबाट उपलब्ध गराइने तथा शुल्क लाग्ने औषधिका लागि औषधालयसँग सहकार्य गरिएको छ । निरीक्षक केसीका अनुसार तुलसीपुरमा अहिलेसम्म दुई हजार २३३ जनाको तथ्यांक संकलन भएको छ जसमा सबैभन्दा बढी एक हजार १६८ जना मुटुरोगी छन् । नेपाल फार्मेसी संघ दाङले पहिलो चरणमा घोराही १५ का सबै घरमा औषधि पु¥याउने संघका अध्यक्ष सुलभ अधिकारीले बताउनुभयो । गाउँमै पुगेर मजदुरको स्वास्थ्य जाँच लमही नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले वडा नं ९ को तरुलिया पुगेर जिल्ला बाहिरबाट फर्किएका कामदारको स्वास्थ्य जाँच गरेको छ । काठमाडौँ र चितवनका विभिन्न इँटाभट्टामा काम गरेर गाउँ फर्किएका कामदारको स्वास्थ्य जाँच गरिएको हो । ठूलो संख्यामा कामदार गाउँ फर्किएको भन्ने सूचनाका आधारमा नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देबका बेल्वासे, वडा नंं ९ का वडा सदस्य पार्वती विश्वकर्मा, स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलसहितको टोलीले गाउँमै पुगेर स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!