कोरोनाभाइरसको उत्पत्तिको विषयमा स्वतन्त्र अनुसन्धानको माग चीनले खारेज गरेको छ । बेलायतमा चीनका शीर्ष कूटनीतिज्ञ चेन वेनले बीबीसीसँगको कुराकानीमा यस्तो प्रकारको माग राजनीतिबाट प्रेरित भएको र कोरोनाभाइरसविरुद्ध चीनको लडाईंलाई कमजोर गर्ने कोसिस गरेको बताएका छन् ।

कोरोनाभाइरसको संक्रमणको सुरुवातदेखि नै चीनले पारदर्शीता नअपनाएको र सूचना लुकाएको आरोप लाग्दै आएको छ । कोरोनाभाइरस सुरुवात गत वर्ष चीनको ऊहान शहरबाट सुरु भएको थियो ।

युरोपियन युनियनको रिपोर्टमा पनि चीनले कोरोनाभाइरससँग सम्बन्धित सही सूचना सार्वजनिक हुन नदिएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि यो मामलामा लगातार चीनमाथि हमला गर्दै आएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!