संसारभरी कोरोनाभाइसका लागि हाहाकार मच्चिएको छ । हालसम्म के भयो, आउनुहोस् यसबारे जानकारी लिऔंः

– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको उपचारका लागि अल्ट्राभोइलेट किरण वा डिस्इन्फेक्टेन्ट्सलाई शरीरमा सूईमार्फत् प्रवेश गराउने विषयमा अनुसन्धान हुनुपर्ने बताएका थिए । डाक्टरले यसले विनाशकारी नतिजा निम्त्याउन सक्ने बताउँदै यसको व्यापक आलोचना गरिरहेका छन् । ट्रम्पले अब आफ्नो उक्त बयानको विषयमा भनेका छन्, ‘मैले त मजाक गरेको थिएँ ।’

– अमेरिकामा मृतकको संख्या ५२ हजार पार भएको छ ।

– संसारभरी मुस्लिमको पवित्र महिना रमजानको सुरुवात भइसकेको छ । यद्यपि, थुप्रै देशमा मस्जिद बन्द छन् र सामाजिक दूरीको नियम पालना गरिँदै छ ।

– बेलायतमा प्रमुख कर्मचारीका लागि कोरोनाभाइरस परीक्षणको बुकिङ सरकारी वेबसाइटमा पुनः सुचारु भएको छ । यसअघि ‘अत्यधिक माग’ का कारण यो बन्द भएको थियो ।

– स्पेन र इटलीमा पाँच हप्तापछि पछिल्लो २४ घण्टामा सबैभन्दा कम मृत्यु भएको छ ।

– विश्वका विभिन्न नेताले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक कार्यक्रमको सुरुवात गरेका छन् जसमार्फत् भायरसका लागि अनुसन्धान, भ्याक्सिन, औषधी, परीक्षणको गती बढाइने बताइएको छ । एजेन्सी

Source: https://www.bbc.com/hindi/live/india-52407113

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!