बिहिबार, पौष ०३, २०७६ || 924  पटक पढिएको

 

हिपमत डटकम
बिराटनगर, पौष ३ गते ।इनाक्षी इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक तेजश रेग्मी र गायिका बिष्णु माझीको स्वर रहेको गीत ‘छोटो कपाल’को भिडियो सार्वजनिक गरिएको छ । तेजश रेग्मी कै शब्द संगीत तथा आसिस अभिरलको संगीत सँयोजन रहेको गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्टको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको हो । गीत युट्युबमा सार्वजनिक हुनु पुर्व नै टिक टकमा निकै रुचाइएको थियो । हेर्नुस भिडियो

गीतको भिडियोमा नायिका शुस्मा कार्की र पछील्लो समयमा गायन तथा मोडलिङमा चर्चा कमाइरहेका मोडल तथा गायक दुर्गेश थापाको साथमा गोबिन्द भट्टराई फिचर्ड छन । भिडियोलाई दोहोरी गीतमा सधैं नयाँ प्रयोग र नयाँ कन्सेप्ट दिन सफल निर्देशक शिव बिकले निर्देशन गरेका छन । भिडियोमा कलेज पढ्ने युवा युवतिको प्रेम देखाउन खोजिएको छ । अजय रेग्मीको छायान्कन रहेको भिडियोलाई प्रबिण भट्टले सम्पादन गरेका छन ।

गीत उत्तिकै राम्रो र त्यसमाथि भिडियो पनि झन उत्कृष्ट बनेकोले दर्शकहरुले मन पराउनेमा आफुहरु ढुक्क रहेको इनाक्षी इन्टरटेन्मेन्टका राम कंडेलले जानकारी दिए । पछील्लो समयमा इनाक्षी मार्फत उत्कृष्ट गीतहरु सार्वजनिक भैरहेका छन । केही समय अगाडि इनाक्षी मार्फत सार्वजनिक भएको ‘पिडालु’ बोलको गीतले युट्युबमा असी लाख भन्दा धेरै भ्युज पाउदै दर्शक श्रोताहरुको मन जितिरहेको छ । इनाक्षीका अन्य गीतले जस्तै ‘छोटो कपाल’ले पनि दर्शक स्रोताको मन जित्नेमा आफुहरु बिश्वस्त रहेको कंडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!