दिल्लीको नोयडादेखि हिँडेर भारतीय सिमाना आइपुगेका नेपालीहरुले आफुहरु कोरोनाले भन्दा पनि अरु रोगले मर्ने डरमा रहेको बताउँदै उद्दारको माग गरेका छन् । दिल्लीदेखि नौतुना आइपुगेका ३ सय जनाभन्दा बढी नेपालीहरुले आफुहरु कोरोनाले भन्दा पनि अन्य रोगले मर्ने डरमा रहेको भन्दै नेपाल सरकारसँग उद्धारको माग गरेका हुन् ।

रुपन्देहीका राज खनालले भने, ‘हामीहरु दिल्लीबाट हिँडेर आएको २८ दिन भयो । नौतुनाको क्वारेन्टाईनमा बसेकै २६ दिन भयो । क्वारेन्टाईन भएको घरको सिसा फुटेका छन् । लामखुुट्टे पसेर टोक्ने गरेका छन् । दिनमा बत्ती ६ घण्टा पनि आउँदैन हामी त कोरोनाले भन्दा पनि डेंगो रोग लागेर मर्ने अबस्थामा पुगेका छौं । सरकारसँग स्वदेश प्रवेशको माग गर्दछौं ।’ उनले क्वारेन्टाईन आफुहरुका लागि यातना गृह बनेको समेत बताए ।

‘कुनै सुविधा छैन, धन्न दिनको एक छाक भात खाएर बाँचेका छौं । तीन सय २० जनाभन्दा बढी मानिस कोचिएर क्वारेन्टाईनमा कैदीले भन्दा पनि कष्ट भोगेर बसेका छौं’ खनालले भने । उनका अनुसार तीमध्ये करिव ७५ जना गुल्मीका छन् । अन्य रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, तनहुँ, नवलपरासी र अर्घाखाँचीका मानिसहरु रहेका छन् । उनीहरुले त्यहाँका सुरक्षाकर्मीले लाठी प्रहार गर्दै गाडीमा हालेर क्वारेन्टाईनमा राखेको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!