शुक्रबार, बैशाख १२, २०७७ || 941  पटक पढिएको

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्व माहामारीको रुप लियो । विश्वका धेरै देशमा यसको संक्रमण देखियो । शक्तिशाली देशहरुमा पनि यसले धेरैको ज्यान लियो ।

अभिनेता राजेश हमाल यो माहामारीको समयमा विश्व स्वस्थ्य संगठनले पनि उत्कृष्ट काम गर्न नसकेको दावी गर्छन् । ठुला देशहरुले पनि सहयोग नगर्नु दुखदायी कुरा भएको उनको भनाई छ ।

राजेशले भने, ‘यो समय विश्व स्वस्थ्य संगठनले चुस्त रुपमा काम गर्नु पर्ने हो । त्यो देखिएको छैन । विभिन्न ठुला राष्ट्रहरुबाट सहयोग लिएर काम गर्नु पर्ने अवस्थामा सहयोग पनि पाइरहेको छैन । त्यो दुखदायी कुरा हो ।’

अहिलेको अवस्थामा ठुला देशहरु जुध्नु नहुने र एकसाथ लड्नु पर्ने समय भएको राजेशको भनाई छ । उनले भनेका छन्, ‘संकटको समयमा अमेरिका र चीन जस्ता शक्तिशाली देशहरु एकसाथ उभिन नसक्नु, अन्य देशहरुसँग अन्तरक्रिया नै नगर्नु चाहीँ पिडादायी कुरा हो । यो समय शक्तिशाली देशहरु जुटेर काम गर्नु पर्ने हो, त्यो पनि देखिएको छैन ।’

विश्व नै संकटमा परेको समय शक्तिशाली देशहरुले राजनैतीक दुश्मनी तथा पहिला भएका गतिविधिलाई बिर्सिएर एकसाथ जुट्नु पर्ने राजेशको भनाई छ । उनले थपे, ‘यदि शक्तिशाली देशहरु जुट्ने हो भने यो माहामारी छिट्टै अन्य हुनेछ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!