शुक्रबार, बैशाख १२, २०७७ || 680  पटक पढिएको

बेलायतबाट फर्किएको २६ दिनमा ८१ वर्षीया वृद्धासहित परिवारका तीन जनामा कोरोना देखिएको थियो। पछि पीसीआर परीक्षणले आमाछोरामा संक्रमण पुष्टि गर्‍यो, बुहारीमा देखाएन। तिनै वृद्धा र उनका ५८ वर्षीय छोरा बिहीबार ११ दिनमा कोरोनालाई परास्त गरेर घर फर्किएका छन्।

बुहारी बिहीबार सासूआमाको मुख हेर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन्। उनले कोरोना संक्रमणबाट पार पाएकी आमाको मुख हेरिन्। आमा र श्रीमान्लाई लिएर पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्ट पुग्दा उनले खुसीको आँसु चुहाइन्। वृद्धा आमा अपार्टमेन्टमा फर्किन पाउँदा खुसीले गदगद थिइन्।

वैशाख १ गतेर्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा तीनै जनामा कोरोना पोजिटिभ देखिएको थियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!