बिहिबार, पौष ०३, २०७६ || 1449  पटक पढिएको

हिपमत डटकम
ईलाम, भोजपुर, पौष ०३ गते ।

ईलामको ईलाम नगरपालिका-८ बस्ने बर्ष ५१ को टेक बहादुर राईको आज बिहानको राती ३ बजेको समयमा लडेर मृत्यु भएको छ । घर देखी बाहिर सार्वजनिक टहरोमा जादै गर्दा एक्कासी लडेको अवस्थामा टेक बहादुर राईलाई घरको सदस्यले देखेपछी घर भित्र लैजाने क्रममा उनको मृत्यु भएको थियो । यसैगरी भोजपुरको षडानन्द नगरपालिका-७ सालबोटे बस्ने वर्ष ६२ को मान बहादुर आले मगरको लडेर मृत्यु भएको छ । बुधबार साँझ ७ बजेको समयमा आफ्नै घरको शौचालय जाने क्रममा लड्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना स्थलहरुमा कानूनी प्रकृयाको लागी सम्न्धित प्रहरी कार्यालयको प्रहरी टोली खटि गएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!