बिहिबार, बैशाख ११, २०७७ || 710  पटक पढिएको

वालिङ बहुमुखी क्याम्पसले अनलाइनबाटै पठनपाठन सञ्चालन गर्ने भएको छ । कोभिड –१९ का कारण लकडाउनपछि लामो समय क्याम्पस बन्द हँुदा विद्यार्थी प्रभावित भएकाले प्रविधिको प्रयोग बन्दाबन्दी अवधिभर अनलाइन कक्षा सञ्चालन गरिने क्याम्पसले जनाएको छ । पहिलो चरणमा तत्कालका लागि स्नातकोत्तर तहको पढाइ सञ्चालन गरिने क्याम्पस प्रमुख सच्चिदानन्द यादवले जानकारी दिनु भयो । क्याम्पसका प्राध्यापकलाई अनलाइनबाट शिक्षण गर्नका लागि विषयगत कार्यतालिका तयार पार्न भनिएको प्राध्यापनरत राजेन्द्र डुम्रेले जानकारी दिनुभयो । विसं २०३७ मा स्थापित गण्डकी प्रदेशकै अग्रणी शैक्षणिक वालिङ बहुमुखी क्याम्पसमा ११–१२ देखि स्नातकोत्तर तहसम्म करीब एक हजार पाँच सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् । जिल्लाकै मध्यभागमा अवस्थित सो क्याम्पसमा स्याङ्जाका साथैै छिमेकी पर्वत, पाल्पा र गुल्मीबाट समेत अध्ययनका लागि विद्यार्थी आउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!