बुधबार, बैशाख १०, २०७७ || 953  पटक पढिएको

शिवालय गाउँपालिका–१ का स्थानीयवासी लोकेन्द्रजङ्ग रानाले यहाँका १६० सर्वसाधारणलाई निजी खर्चमा २५ केजीका दरले चामल वितरण गर्नुभएको छ । उक्त राहत खाद्यान्न गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीको रोहवरमा वितरण गरिएको हो । सुर्खेतबाट जाजरकोट खाद्यान्न ल्याएर दैनिक छाक टार्न समस्या भएका परिवारलाई वितरण गरिएको रानाले बताउनुभयो । कर्मचारी अभाव लकडाउन भएकै दिन कार्यालय छाडेर गएका प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा नफर्कँदा छिमेकी डोल्पाको मुड्केचुला गाउँपालिकाको आर्थिक कारोवार ठप्प भएको छ । गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले पटक–पटक कार्यालय प्रमुख मदनप्रसाद देवकोटालाई घर नजान आग्रह गर्दा पनि जबर्जस्ती कार्यालय छाडेर गएका अधिकृत देवकोटा अहिलेसम्म काममा नफर्कँदा काम गर्न मुस्किल भएको गाउँपालिकाका अध्यक्ष शाहीले जानकारी दिनुभयो । क्वारेन्टाइन निर्माणदेखि औषधि आपूर्तिसम्मका काम उधारोमा गर्न बाध्य भएको उहाँको भनाइ छ । स्वास्थ्य सहायताकक्षमा रहेका स्वास्थ्यकर्मीलाई समेत निजी खर्चमा काम गराउँदै आएको अध्यक्ष शाहीको भनाइ छ । गाउँपालिका प्रमुख नहुँदा आफूले रु ३० लाख ऋण लिएर काम गर्न बाध्य भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!