मातातिर्थ औंसीको अवसर पारेर सम्पूर्ण आमाहरुको लागि समर्पित गरिएको गित “आमा” फेरि पनि चर्चामा रहेको छ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द रहेको आमामा लोकप्रिय गायक रामकृष्ण ढकालले सुमधुर आवाज भरेका छन् । दर्जनौ चर्चित गीतहरुमा शब्द कोरेर चर्चित तथा बरिष्ट गीतकारको रुपमा आफुलाई स्थापित गर्न गुरुङ सफल गीतकार, सर्जक, साहित्यकार तथा समाजसेवीको रुपमा समेत परिचित छिन ।

लोकप्रिय गायक राम कृष्ण ढकालको सुमधुर आवाज रहेको यस गीतमा संगीतकार प्रकाश लेप्चाको संगीत रहेको छ । दिपेन्द्र थपलियाले छायांकन गरेको यस म्युजिक भिडियोलाइ समन अधिकारीले निर्देशन गरेका हुन् भने भिडियोमा रश्मि भट्ट, सुप्रिया कटुवाल, नरेन र बसुलाइ फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!