बुधबार, बैशाख १०, २०७७ || 969  पटक पढिएको

कृषि उत्पादन वितरणलाई सहज बनाउन शिवराज नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । प्रदेश नं ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको निर्देशनानुसार कृषि तथा पशुपन्छीजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणका लागि एम्बुलेन्स सञ्चालन गरिएको हो । कोभिड—१९ को नियन्त्रणका लागि यहाँ बाहिरबाट आउने तरकारी तथा फलफूुललाई पूर्णरुपमा प्रतिबन्ध लगाइएका अवस्थामा स्थानीयस्तरमा उत्पादित कृषि उपजको सुलभ आपूर्ति तथा वितरणको व्यवस्थापनका लागि कृषि एम्बुलेन्स सञ्चालन गरिएको ऋग्वेद कृषि फार्मका सञ्चालक सन्तोष पन्थले बताउनुभयो । स्थानीय कृषकले उत्पादन गरेको तरकारी पिकअप गाडीमा लादी गाउँगाउँमा कृषि एम्बुलेन्समार्फत बिक्री वितरण गरिएको उहाँको भनाइ छ । शिवराज नगरपालिका –५ बालापुर मोड निवासी देवी पौडेलले लकडाउनका कारण तरकारी अभाव भएका अवस्थामा घरमै सस्तो दरमा खरीद गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!