काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको र्‍यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो । आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरुलाई पीसीआर विधिबाट परीक्षण गरिने भएको छ ।

उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए । आइसोलेसनमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण हुँदै गरेको बास्तोलाले जानकारी दिए । उनीहरुमा कोरोना संक्रमण भए नभएको अन्तिम पुष्टि भने पीसीआर विधिबाट गरिएको परीक्षणबाट मात्रै हुने उनले बताए । नर्सहरुको अवस्था अहिले सामान्य रहेको छ ।

आज मात्रै ११ जनामा संक्रमणको पुष्टि भएको थियो । योसहित अहिलेसम्म नेपालमा ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ भने ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म ८ हजार ७ सय ७४ जनामा स्वास्थ्य परीक्षण गरिएको छ । तीमध्ये ८ हजार ७ सय ३२ जनामा संक्रमण देखिएको छैन

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!